फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीसँग थप दुई वर्षको सम्झौता

फुटबल प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले थप दुई वर्ष नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिने भएका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले रातोपाटीलाई दिएको जानकारी अनुसार आल्मुताइरीलाई नेपालमै राख्नेगरी कतार फुटबल फेडेरेसन र अखिल नेपाल फुटबल संघबीच दुई वर्षे सम्झौता भएको हो । आल्मुताइरीको प्रशिक्षणमा नेपाली फुटबल टिमले ऐतिहासिक रुपमा साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको थियो ।तर, एन्फाभित्र राजनीति र नेपाली मिडियाले अनावश्यक आलोचना गरेको भन्दै अल्मुताइरीले साफ

सम्बन्धित सामग्री

राष्ट्रिय टिमको प्रशिक्षणमा नजाने विकेश कुथुको घोषणा

काठमाडौं । फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टिममा थप गरेका एक खेलाडी विकेश कुथुले प्रशिक्षणमा सहभागी हुन अस्वीकार गरेका छन् । बन्द प्रशिक्षण छाडेका १० खेलाडीप्रति ऐक्यवद्धता जनाउँदै उनले सो घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै कुथुले राष्ट्रिय टिममा भएको घटनाक्रम आफूलाई पूर्णरुपमा अवगत भएको र खेलाडी साथीहरूको मर्का बुझेको उल्लेख गरेका छन् […]

फुटबल प्रशिक्षक अल्मुतारीलाई मन्त्रालयमा स्वागत, भने 'नेपालीहरुको मायाले फर्किए'

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुतारीलाई स्वागत गरेका ।  आईतबार सिंहदरबारस्थित मन्त्रालय पुगेका अल्मुतारीलाई मन्त्री अथकले दोसल्ला र ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका हुन् । नेपाली फुटबल क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन अल्मुतारीले पुर्याएको योगदान अतुलनिय रहेको भन्दै मन्त्री अथकले अबका दिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दै काम गर्न आग्रह गरे । विगतमा केही समस्या देखिएता पनि त्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपाल फर्काउन मन्त्रालय सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भने, “नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर काम गर्नुहोला ।”स्वागत पछि प्रतिक्रिया दिदैं अल्मुतारीले नेपाल र नेपालीहरुको मायाँले आफु पुन नेपाल फर्किएको बताए। आजको दिन आफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुतारीले नेपालले आफुलाई धेरै माया दिएको बताए ।शनिबार नेपाल फर्किएका अल्मुतारीको थप तीन वर्षका नेपालकालागि फुटबल प्रशिक्षकका रुपमा काम गर्ने छन् ।

थाइल्याण्डको गुफामा फसेका थप दुई बालकको उद्धार, अब ३ जनाको उद्धार गर्न बाँकी

थाइल्याण्डको गुफामा फसेका बालकहरुमध्ये थप दुई जनाको मंगलबार उद्धार गरिएको छ ।  आइतबार चार जना, सोमबार चार जना र केही बेरअघि दुई जना गरी अहिलेसम्म १० जना बालककको सकुशल उद्धार भैसकेको छ । अब गुफामा दुई बालक र एक जना फुटबल प्रशिक्षक रहेका छन् । अधिकारीहरुका अनुसार बाँकी तीन जनाको उद्धार मंगलबार बेलुकासम्म हुने आ...