काठमाडौंको खाजाघरमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । इलाम जिल्लाको माई नगरपालिका–७ घर भएकी २८ वर्षीया चिनिमाया लिम्बुलाई पक्राउ गरिएको मानव बेचविखन ब्यूरोका एसपी दानबहादुर मल्लले रातोपाटीलाई बताए ।चिनिमायाले काठमाडौंको टोखा नगरपालिका–९ मा खाजा घर सञ्चालन गरेकी छिन् । सो खाजा घरमा कोठा भाडामा लिएर नाबालिगलाई राखेर वेश्यावृत्ति गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । वेश्यागमनका लागि आउने ग्राहकहरूसँग चिनिमायाले प्रति ग्राहक १ हजार लिने गरेको एसपी मल्ल