भौतिक उपस्थितिमा नै विद्यालय सञ्चालन गर्न सकिने गरी सरकारले ‘स्मार्ट लकडाउन’ कार्ययोजना बनाएपछि मुलुकभरका स्थानीय तह विद्यालय खोल्न हौसिएका छन् । काठमाडौं उपत्यकासहित विद्यार्थीको चाप धेरै रहेका सहरमा स्थानीय तहले पठनपाठन थाल्ने निर्णय गरेका छन् । शिक्षा मन्त्रालयले भने पूर्ण भौतिक उपस्थितिबाहेक सिफ्ट र आलोपालोसहितका अन्य विकल्पबाट पठनपाठन अघि बढाउन सकिने कार्ययोजना बनाएको थियो । तर, ५ महिनादेखि बन्द विद्यालय पूर्ण भौतिक उपस्थितिमा नै सञ्चालन गर्ने तयारी थालिएको छ ।