गाउँ विवादले पुल निर्माण अलपत्र

पुगाउत्तरगङ्गा गाउँपालिका–१० र ११ वडामा पर्ने दुई गाउँको विवादले पुल निर्माणको काम अलपत्र परेको छ । वडा नम्बर ११ तल्लो सेरा र १० मा पर्ने माथिल्लो सेरा दुई गाउँको विवादले उत्तरगङ्गा नदीमा मोटरेबल पुल निर्माणको काम अलपत्र अवस्थामा पुगेको हो । पुल निर्माणका लागि छ वर्षअघि तल्लो सेरास्थित उत्तरगङ्गा नदीमा डीपीआर बनाइएको थियो । पुल निर्माणका लागि डीपीआर भएर पनि माथिल्लो सेराले माथिल्लो सेरामा पुल निर्माण गर्नुपर्ने अडान राखेपछि दुई गाउँबीच विवाद उत्पन्न भएको हो । उक्त पुल राष्ट्रिय गौरवको आयोजना शहीद मार्गअन्तर्गतको हो । दाङ–रोल्पा–रुकुमपूर्व–डोल्पालाई जोड्ने शहीद मार्ग खण्ड हो । हाल दाङ हुँदै रोल्पा भएर रुकुमपूर्वको पुथाउत्तरगङ्गा–५, हुकामसम्म सडक पुगेको छ तर उत्तरगङ्गा नदीमा पुल नभएका कारण हरेक बर्खायाममा सवारीसाधन नदी वारपार हुन सकेका छैनन् । पुल निर्माणका विषयमा दुई गाउँको विवाद हुँदा पुल निर्माणको काम अघि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो । अहिले भने तल्लो सेरा, माथिल्लो सेरा गाउँपालिका र शहीद मार्ग डिभिजन कार्यालय रोल्पासँगको नियमित छलफल भइरहेको अध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

दुई जिल्ला जोड्ने पुल निर्माण अलपत्र

दमौली (तनहुँ), १५ मङ्सिर । तनहुँ र चितवन जिल्ला जोड्ने ठिमुराको पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूलीनदीमाथिको पक्की पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको हो । पटकपटक क्षतिग्रस्त भएको पुलको निर्माण अन्तिम चरणमा आएर रोकिएको छ । दुई सय २० […]

ठेकेदारको लापरबाहीले पुल निर्माण अलपत्र

दैलेख । महावु गाउँपालिका वडा नं ४ र ५जोड्नलाई रबट खोलामा निर्माणाधीन पक्की पुल ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । ६ पटकसम्म परिपत्र गर्दा विभिन्न बहाना बनाउँदै ठेकेदार कम्पनीले गरेको लापरबाहीका कारण पुल बन्न नसकेको हो । खोलाको एकातिर पुलको केही संरचना तयार पारेर यसै छाडिएको छ । पुल निर्माणका लागि २०७८ सालमै ३ करोड […] The post ठेकेदारको लापरबाहीले पुल निर्माण अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुई वर्षदेखी पुल निर्माण अलपत्र

ठेकेदारले सम्झौता अनुसार काम नगर्दा जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरस्थित किरण नालामा झण्डै २ वर्षदेखी पुल निर्माण कार्य अधुरै रहेको छ । नेपालगन्ज–परस्पुर–गौघाट सडक खण्ड अन्तरगत पर्ने उक्त पुल लुम्बिनी प्रदेश सरकारको बजेटबाट सडक पुर्वाधार विक...

दुई वर्षदेखी पुल निर्माण अलपत्र

ठेकेदारले सम्झौता अनुसार काम नगर्दा जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरस्थित किरण नालामा झण्डै २ वर्षदेखी पुल निर्माण कार्य अधुरै रहेको छ । नेपालगन्ज–परस्पुर–गौघाट सडक खण्ड अन्तरगत पर्ने उक्त पुल लुम्बिनी प्रदेश सरकारको बजेटबाट सडक पुर्वाधार विक...

दस वर्षदेखि पुल निर्माण अलपत्र

जाजरकोट  र  रुकुम पश्चिमलाई जोड्ने भेरी नदीको पुल निर्माण सुरु गरेको दस  वर्ष  भइसक्दा  पनि  निर्माण  सम्पन्न  हुन  सकेको छैन । निर्माण व्यवसायीको लापरबाहीले लामो समयदेखि सो पुल निर्माणको काम अलपत्र परेको बताइएको छ । मध्यपहाडी  लोकमार्ग  आयोजनाअन्तर्गतको  रुकुम पश्चिमको  चौरजहारी  र  जाजरकोटको  कुदुलाई  जोड्दै पश्चिमतर्फ  जान्छ ।  सो  पुल  निर्माणमा  भएको  ढिलाइले रुकुम र जाजरकोट दुई जिल्लाको ...

तीन प्रदेश जोड्ने पुल निर्माण अलपत्र, नौ वर्षमा तीनवटा पिलरमात्रै

नन्दराम जैसी (गौतम)सुर्खेत : तीन प्रदेश जोड्ने उद्देश्यले सुर्खेतको भेरी नदीमा बनाउन थालिएको पक्की पुल निर्माण कार्य अलपत्र छ। ठकेदारको लापरवाहीले सुर्खेतको बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमाना रानीघाटस्थित भेरी नदीमा बन्न लागेको पुल अलपत्र परेको हो। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश जोड्ने उद्देश्यले २०६९ असार २९ गते ठेक्का सम्झौता गरी पप्पु–मल्ल जेभी कन्स्ट्रक्सनले पुल निर्माण कार्य थालेको थियो। तर‚ पुल निर्माण सुरु भएको नौ वर्ष बित्दासमेत तीनवटा पिलरमात्र

पुल निर्माण अलपत्र पार्ने ठेकेदारलाई वडाध्यक्षले थुने आफ्नै कार्यकक्षमा

भक्तपुर– विगत तीन महिनादेखि पुल निर्माण नगरी अलपत्र छाड्ने निर्माण व्यवसायीलाई चाँगुनारायण नगरपालिका–३ झौखेलका वडाध्यक्ष श्यामसुन्दर धिमालले आफ्नो कार्यालयमा थुनिदिएका छन्। काम गर्न ठेक्का सम्झौता भए पनि विभिन्न बहाना गर्दै पुल निर्माण नगरी अलपत्र छाडेर उल्टै पुल निर्माणमा अवरोध आएकाले म्याद थप गर्ने आवेदन लिएर वडा कार्यालय आएका एसपीपी कन्स्ट्रक्सन एन्ड सप्लायर्सका प्रोजेक्ट म्यानेजर रवीन […]

सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने पुल निर्माण अलपत्र

सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अलपत्र परेको छ । डेढ महिनाअघि बाढीले क्षति पुर्याएको सो पुलको निर्माण कार्य अहिले अलपत्र परेको हो । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुल ढलान भएको दुई सातामै सामान्य पानी पर्दा क्षति भएको डेढ महिना पुगिसक्दा पनि निर्माणको काम अघि बढ्न सकेको छैन ।ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनः निर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर नगरपालिक

सम्झौताको तीन वर्षसम्म पुल निर्माण अलपत्र

कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित देखतभुली–पर्सिया जोड्ने पुल ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । पुलको निर्माणकार्य अलपत्र पर्दा ठेक्का सम्झौता सम्पन्न भएको तीन वर्षसम्म पनि पुल निर्माण सम्पन्न हुन नसकेको हो ।वि.सं २०७२ सालमा पुलको ठेक्का सम्झौता भएर २०७२ सालकै पुस २५ देखि सुरु भएको पुलको निर्माणकार्य झण्डै तीन वर्षदेखि ठप्प […]

कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

सप्तरीको दुईवटा स्थानीय तह पालिका जोड्ने ठाउँमा विगत सात वर्षदेखि पक्की पुल निर्माण कार्य अलपत्र रहेको पाइएको छ  । लामो समयदेखि सप्तरीको कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिका जोड्ने सुन्दरीखोलामा बन्ने पुल अहिलेसम्म बन्न सकेको छैन ।  करीब सात वर्षअगाडि निर्माण कार्य थालिएको सो पुल  निर्माण कार्य रोकिएपछि अहिलेसम्म पक्की पुल निर्माणको काम पूरा हुन नसकेको गुनासोसमेत पाइएको छ । आर्थिक वर्ष २०७१÷७२  देखि पुलको काम शुरु गरेर आव २०७३÷७४ मा बनाई सक्नुपर्नेमा आव २०७६÷७७ सम्म पनि क...