राजस्व घाटाको प्रभावकारी व्यवस्थापन, बजेटको प्रभावकारिता र कार्यान्वयन पक्षका कमजोरी

सरकारको बजेटको प्रभावकारिता बजेटका लक्ष्यहरूको प्राप्ति, नीति तथा कार्यक्रमको कार्यान्वयन र सार्वजनिक वित्तको अभ्यासमा निर्भर रहन्छ । आर्थिक समुन्नति र विकासका लागि बजेटको सन्तुलित विनियोजनसँगै लक्ष्यहरूको प्राप्तिमा केन्द्रित हुनु आवश्यक छ । सामान्यतया बजेट निर्माण प्रक्रियामा विकास नीति, प्रशासन, उद्योग वाणिज्य नीति, सामाजिक सुरक्षा, प्राकृतिक स्रोतसमेतका नीतिहरू समावेश हुन्छन् । नीतिहरूका अतिरिक्त सामान्य अर्थमा बजेट भनेको सरकारको राजस्व र खर्चका विषयमा गरिने बृहद् कार्ययोजना हो । तसर्थ प्रभावकारी बजेट निर्माणअन्तर्गत आवधिक योजनाअनुसारको नीति तथा कार्यक्रममार्फत नतिजापरक रकम विनियोजनको अभ्याससँगै स्रोतको समेत समुचित परिचालनको खाका तयार पारिन्छ । खर्च संरचनाको सीमालाई राजस्वको प्रक्षेपण र स्रोतहरूको उपयोगको तौरतरीका एवं आन्तरिक तथा बाह्य ऋण तथा अनुदान समेतको पूर्वआकलनपछि बजेटको अन्तिम रूप तयार गरिन्छ । तसर्थ बजेटको लक्ष्य तथा उद्देश्यहरू निर्धारण, पूर्वतथ्यांकहरूको विश्लेषण एवं खर्च वा आयको सही प्रक्षेपणसहित त्यसको कार्यान्वयनको पूर्वतयारीहरू समेत प्रभावकारी बजेटका शर्तका रूपमा रहन्छन् ।  पछिल्लो समय सरकारको बजेट कार्यान्वयनको स्थितिमा गम्भीर विचलन आएको देखिन्छ । चालू खर्चका लागि समेत आवश्यक रकम आन्तरिक राजस्व परिचालनमार्फत जोहो गर्न सरकार असफल भएको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारी हुँदै विश्व अर्थ व्यवस्थाको समस्याबाट निरन्तर अर्थतन्त्रमा असर परिरहेको सन्दर्भमा क्रमशः त्यसको असर वैदशिक मुद्राको न्यून बचत हुँदै राजस्व परिचालनमा परेको छ । राजस्वसँगै विश्व अर्थ व्यवस्थामा देखिएको विचलनले वैदेशिक सहयोग र अनुदानमा कमी आएपछि सरकार खर्चविहीन बनेको छ । पूँजीगत खर्च गर्न अतिरिक्त रकमको जोहो गर्ने अवस्थामा सरकार छैन भने पुरानो ऋणको साँवा ब्याज तिर्नलाई पनि थप ऋण लिनुपर्ने अवस्था छ । एकातर्फ मुलुकमा संघीय प्रणालीको कार्यान्वयन भइसकेपछि बढी बजेटको आवश्यकता परेको छ भने स्रोत परिचालनको स्थिति कमजोर बनेको छ । त्यसैगरी लक्ष्य प्राप्तिमा समेत सरकारको कार्यसम्पादन क्षमता कमजोर बनेको स्थिति छ । कुल १४ खर्ब ३ अर्बको राजस्व उठाउने लक्ष्य रहेकामा चालू आर्थिक वर्षको ९ महीनामा ५० प्रतिशतभन्दा कम उठेको छ ।  चालू वर्षमा सरकारले कुल बजेट घाटा ३३० अर्ब रहने प्रक्षेपण गरे पनि राजस्व प्राप्ति घाटामा नभई २२० अर्ब बचतमा पुग्ने प्रक्षेपण गरिएको थियो । तर, यो स्थिति उल्टिएर राजस्व प्राप्ति घाटा नै २० अर्ब पुगेको छ । यो अर्थमा पूँजीगत र वित्तीय व्यवस्थापनको पक्षलाई बजेटको स्रोतले नपुग्ने स्थिति छ । सामान्यतया सरकारको राजस्व खर्च कुल राजस्व प्राप्तिभन्दा बढी हुँदा त्यसलाई राजस्व घाटा भनिन्छ । यसले सरकारले आफ्नै कमाइले आफ्नो सबै प्रकारका दैनिक कार्य सञ्चालन गर्न नसक्ने अवस्था दर्शाउँछ । यस अवस्थामा सरकारले आफ्नो आम्दानीभन्दा बढी खर्च गर्न ऋणको सहारा लिनुपर्ने र त्यो राजस्व घाटा स्वतः ऋणमा परिणत हुने स्थिति बन्छ ।  नेपाल सरकारको पछिल्लो ५ वर्षको राजस्वको स्थितिको विश्लेषणले चालू वर्षको राजस्व वृद्धिदर ऋणात्मक रहेको देखाउँछ भने चालू खर्चको स्थिति जस्ताको तस्तै छ । तर, पूँजीगत खर्च व्यापक रूपमा कटौती भइरहेको स्थिति छ, जुन अर्थतन्त्रको समुन्नति र विकासको दृष्टिकोणले संकटजन्य अवस्था हो । पूँजीगत खर्चमा कटौती गर्दै सरकारले चालू खर्चको व्यवस्थापनमा जुट्नुपर्ने स्थितिले जनअपेक्षाहरूको परिपूर्ति गर्ने हैसियत राख्दैन । यो परिस्थितिमा सरकारले पूँजीगत खर्चमा कटौती नगरी बढीभन्दा बढी राजस्वको घाटा पूर्ति गर्नेतर्फ लाग्नु आवश्यक छ ।  सामान्यतया सरकारले बढ्दो राजस्वको घाटालाई कम गर्न विभिन्न उपाय अवलम्बन गर्ने गरेको विश्वव्यापी उदाहरणहरू पाइन्छन् । यस अवस्थामा सरकारले पूँजीगत प्राप्तिमार्फत राजस्वको घाटा पूर्ति गर्न सीमित अवधिका लागि उधारो खर्च वा लगानीहरूको विक्री गर्न सक्छ । त्यसैगरी सरकारले अन्य स्रोतहरूको प्राप्तिमा समेत ध्यान दिन र अनावश्यक खर्च कटौती गर्न सक्छ । तर, खर्चको शोधभर्ना सँगसँगै सरकारले राजस्व घाटाको प्रभावहरूलाई पनि न्यून गर्दै जानु आवश्यक छ । उदाहरणका लागि पूँजीगत स्रोतहरूको धेरै परिचालनमार्फत राजस्वको सट्टाभर्ना गर्न खोजेमा त्यसले वित्तीय बजारमा अस्वाभाविक अवस्था निम्त्याउँछ । मुद्रास्फीति एवं आर्थिक वृद्धिदर र ब्याजदरको अवस्थामा समेत असहज स्थिति पैदा हुने भएकाले उल्लिखित विषय आफैमा प्रत्युत्पादक पनि हुन सक्छ । त्यसैगरी ऋणको मात्रा वा उधारो बढ्दै जाँदा ब्याजसहित थप दायित्व भार बढ्ने भएकाले त्यो विकल्पमा पनि सचेत हुनु आवश्यक हुन्छ ।  प्रभावकारी बजेटले आर्थिक वृद्धि, मौद्रिक सन्तुलन, मूल्यवृद्धि र वित्तीय स्थायित्वका लागि राजस्वको अनुमान, वैदेशिक अनुदान तथा ऋणको अनुमान, आन्तरिक ऋण, बजेटको सीमा, व्ययलगायत विषय निर्धारण गरेको हुन्छ । मौद्रिक नीति, मौद्रिक स्थायित्वका लागि वित्तीय नीतिको समन्वय गर्ने र मुलुकको आर्थिक वृद्धिको लक्ष्य निर्धारण गर्ने कामसमेत बजेटमा समावेश हुन्छ । बजेट वास्तविक आधारहरूमा निर्भर भई लक्षित सूचकहरूमा केन्द्रित रहेर सन्तुलित हुनु आवश्यक छ । अर्थात् सन्तुलन नमिलेको बजेटको अर्थ नै रहँदैन । असन्तुलित बजेट भनेको सार्वजनिक वित्तमाथिको अराजकता सृजना हुनु हो । राजनीतिक दलहरूले लोकरिझ्याइँका घोषणाहरूलाई महŒव दिने गरेको परिपाटी छ, जुन बजेट प्रणालीभित्र रहेको अर्को अराजक अभ्यास हो । यस्तो अराजकताले जोखिम नै निम्त्याउँछ र त्यो जोखिमको सही मूल्यांकन, विश्लेषण र निरूपणको उपाय नखोजिनु बजेटको संकटलाई निरन्तरता दिनु हो ।  अहिलेको अवस्थामा सरकारले राजस्व घाटा परिपूरणका अतिरिक्त बजेटको प्रभावकारिता वृद्धिका लागि समेत निरन्तर काम गर्नुपर्ने स्थिति छ । सरकारको अर्को ठूलो चुनौती विनियोजित खर्चको व्यवस्थापनमा समेत रहेको देखिन्छ । चालू आर्थिक वर्षको ९ महीनामा  पूँजीगत खर्च ३० प्रतिशत हाराहारीमा छ । विनियोजन गरिएको रकमको व्यवस्थापनसँगै खर्चसमेत गर्न नसक्ने स्थितिले बजेटको प्रभावकारिता र विश्वसनीयता गुमेको स्थिति छ । खर्च गर्ने क्षमताअनुकूल हुने गरी मात्र बजेट विनियोजन गर्ने र अनिश्चित प्रकारका आयोजनाका लागि बजेट कटौती गर्ने कार्यलाई कडाइ गर्नु अनिवार्य छ । राजनीतिक पहँुचका आधारमा समेत बजेट तोक्ने र त्यसको खर्चका लागि आवश्यक तयारी नगर्ने स्थितिले बजेटको समुचित व्यवस्थापनमा असहजता रहेको स्पष्ट देखिन्छ । त्यसैगरी आर्थिक वर्षको अन्त्यमा मात्र हतारमा खर्च गर्नुपर्ने अवस्था बजेट व्यवस्थापनभित्रको अर्को ठूलो कमजोरी हो । बजेटको खर्चमा सुधारका लागि जवाफदेही र उत्तरदायित्व लिने भनेको संघीय सरकारले नै हो । बजेट खर्चको प्रभावकारी व्यवस्थापनमा जोडिने अन्य सरोकारपक्षहरूमा जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीसमेत हुन्, जसको निरन्तर क्षमता अभिवृद्धिका लागि समेत संघीय सरकारले पहल लिनु आवश्यक छ ।  लेखक आर्थिक विकास तथा अनुसन्धान केन्द्र (नारेक) नेपालका निर्देशक हुन् । 

सम्बन्धित सामग्री

थप प्रभावकारी बनाउने प्रतिबद्धता

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन, हालसम्मको प्रगति र सेवा प्रवाहका बारेमा समीक्षा गरिएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यव्रmम कार्यान्वयन, प्रगति, कामको प्रभावकारिता र आगामी रणनीतिका बारेमा मुख्यमन्त्री र मन्त्रीहरूबिच छलफल भएको हो ।

सार्वजनिक निकायको खरिद तत्परताको अवस्था मापन गरिने

सार्वजनिक खरिद प्रक्रियामा प्रभावकारिता ल्याउन सकेमा यसले बजेटको कार्यान्वयन प्रभावकारी हुने, पुँजीगत खर्च बढाउने र ठूला आयोजना तोकिएकै समयमा सम्पन्न हुनसक्ने कार्यालयका सचिव डा दामोदर रेग्मीले बताउनुभयो ।

बजेट कार्यान्वयन मास्टर प्लान बनेन : ८१ बुँदे मार्गदर्शन जारी

काठमाडौं। सरकारले गत जेठ १५ गते चालू आर्थिक वर्ष (आव) २०८०/८१ का लागि ल्याएको वार्षिक बजेट कार्यान्वयनका लागि मास्टर प्लान नबन्ने भएको छ । सरकारले चालू आवको बजेटको प्रभावकारी कार्यान्वयनका लागि अघिल्ला वर्षहरू जस्तै कर्मकाण्ड पूरा गर्न बिहीवार मार्गदर्शन जारी गरेको हो । अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई जारी गरेको ८१ बुँदे मार्गदर्शनमा नयाँ कुरा केही छैन । अर्थसचिव अर्जुनप्रसाद पोखरेलले जारी गरेको मार्गदर्शनमा स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न भनिएको छ । चालू आवको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न मन्त्रालयले निर्देशन दिएको छ । कार्यक्रम कार्यान्वयन गर्न कार्यविधि, निर्देशिका, मापदण्ड संशोधन गर्नुपर्ने वा नयाँ तर्जुमा गर्नुपर्ने भए अर्थको सहमति लिई साउनभित्र अनिवार्यरूपमा तयार गरी लागू गर्न र कार्यविधि स्वीकृत भएको ७ दिनभित्र वेबसाइटमा राख्न भनिएको छ । यस्तै आयोजनाको तयारीका चरण पूरा गरी कार्यक्रम र आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरीद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयार गरी आगामी असोज मसान्तभित्र स्वीकृत गरी बोलपत्र आह्वान गर्न भनिएको छ । अर्थ मन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई जारी गरेको ८१ बुँदे मार्गदर्शनमा नयाँ कुरा केही छैन ।  बोलपत्र मूल्यांकन गरी ठेक्का सम्झौता गर्न कात्तिक मसान्तसम्मको समय तोकिएको छ । ठेक्का सम्झौता भएको १५ दिनभित्र काम शुरू गर्नुपर्नेछ । कात्तिक मसान्तसम्ममा ठेक्का प्रक्रिया अगाडि नबढेका योजना तथा कार्यक्रमको बजेट रोक्का गर्ने मन्त्रालयले चेतावनी दिएको छ । तोकिएको गुणस्तर कायम नगर्ने, समयभित्र काम शुरू नगर्ने र काम अलपत्र छोड्ने निर्माण व्यवसायीलाई कारवाही गरी ठेक्का सम्झौता रद्द गर्न मन्त्रालयले निर्देशन दिएको छ । बहुवर्षीय ठेक्कामा गएका कार्यक्रम तथा आयोजना विनियोजित बजेटबाटै कार्यान्वयन गर्नुपर्नेछ । सडक, पुल, बाँध, सिँचाइ, नहर जस्ता लामो समयसम्म सञ्चालनमा रहने ५ करोड रुपैयाँभन्दा माथि बजेटका पूर्वाधार आयोजनाको हकमा नयाँ आयोजनाको ठेक्का व्यवस्थापन गर्दा निर्माण सम्पन्न भएपछि कम्तीमा ५ वर्षसम्म सम्बद्ध निर्माण व्यवसायीले नै मर्मत गर्ने व्यवस्था मिलाउनु पर्नेछ । एकभन्दा बढी तहमा सहायक ठेक्का सम्झौता नगराउन पनि भनिएको छ । १० करोड रुपैयाँभन्दा माथिका आयोजनाको निर्माण गुणस्तरको प्राविधिक परीक्षण राष्ट्रिय सतर्कता केन्द्रबाट गराउन भनिएको छ ।  यस्तो मार्गदर्शन अघिल्ला वर्षहरूमा पनि जारी गरिन्थ्यो, सोही स्वरूपमै अर्थ मन्त्रालयले यसपालि जारी गरेको छ । मार्गदर्शनमा बजेटमा उल्लिखित कार्यक्रम के, कसरी, कति समयमा कार्यान्वयनमा जान्छन् भन्ने खुलाइएको छैन । यसबाट चालू आवमा पनि बजेट कार्यान्वयन प्रणालीमा रहेको समस्या यथावत् रहने निश्चित देखिएको छ ।

बजेटको प्रभावकारी कार्यान्वयनका लागि मार्गदर्शन जारी

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । यस्तै, समग्र वित्तीय […]

यस्तो छ अर्थमन्त्रालयको ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन (पूर्ण पाठ)

काठमाडौँ। चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ । चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्गदर्शनमा भनिएको छ । त्यस्तै समग्र वित्तीय अनुशासन […]

अर्थ मन्त्रालयले पठायो ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।  चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता का...

पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री डा महत

काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महत र विश्व बैंक दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको थियो।आगामी जुन महिनामा नेपालमा डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ। विश्व भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी छ, यसलाई अझ कसरी वृद्धि र प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो।विशेष ग

क्लिन फिडको प्रभावकारिता

क्लीन फिड लागू भएको १ वर्ष बितिसक्दा अपेक्षाअनुरूप धेरै प्रगति भइसक्नुपर्ने थियो । धेरै लामो अभ्यासपश्चात् कार्यान्वयनमा आएको क्लीन फिडले विज्ञापन क्षेत्र मात्र नभएर एउटा ठूलो आर्थिक क्षेत्रमा लाभ हुने अपेक्षा गरिएको थियो । विज्ञापन बजारको बिस्तार, राजस्वमा वृद्धि, विज्ञापन क्षेत्रमा विभिन्न रोजागरीको अवसर, स्वदेशी उत्पादित वस्तुको प्रवद्र्धनदेखि नेपाली संस्कृतिको प्रवर्द्धनसम्मको अपेक्षा थियो । तर, यसले कुनै ठोस उपलब्धि पुष्टि गर्न सकेको छैन । अहिले भारतीय विज्ञापन नेपाली च्यानलमा प्रसारण हुँदैन, तर त्यसले कुनै प्रगति आएको देखिँदैन । सबै पक्षले क्लीन फिड लागू गर्न सक्नु नै अन्तिम उद्देश्य भएझैं गरे । त्यसैले यसको कार्यान्वयनपछि प्रभावचाहिँ खासै परेको देखिँदैन । हिजो क्लीन फिडको पक्षमा बोल्नेहरू आज मौन छन् । हिजो क्लिन फिडबाट परिवर्तन आउँछ भन्नेहरू आज कतै देखिँदैनन् । १ वर्ष बितिसक्दा कुनै परिवर्तन नदेखिँदा क्लीन फिडले उल्टो जनतालाई महँगीको शिकार बनाएको झैं मात्र देखिन्छ । कोरोनाकै कारण नेपाली विज्ञापनमा ६ अर्बभन्दा बढीको नोक्सान भएको तथ्यांक गतवर्ष नै प्रकाशित भइसकेको थियो । हुन त, कुल विज्ञापन बजार कत्रो छ भन्ने तथ्यांक नै अनुमानमा आधारित छ । कोरोना विपद्मा मनोरञ्जन क्षेत्र पूर्णरूपमा ठप्प रहँदा निर्माण र प्रसारणमा पनि ढिलाइ भएको थियो, जसले गर्दा विज्ञापन क्षेत्र क्लीन फिड लागू भए तापनि गति लिन सकेको थिएन । कोरोनाको प्रभाव कम हुँदै जाँदा अन्य क्षेत्रले जुन गति लिन सक्यो, विज्ञापन बजारले लिन सकेको छैन । भारतमा पब्जीमा रोकावट ल्याइयो । भारतमै निर्मित सोही प्रकृतिको अनलाइन खेल एफएयूजीलाई प्रवर्द्धन गर्ने हेतुले गरिएको उक्त निर्णयले गर्दा भारतका पब्जी प्रेमीहरू चिनिया अनलाइन खेलप्रति आकर्षित भए । पब्जी रोकावट भए तापनि भारतमा निर्मित उक्त खेल निकै पछि मात्र सञ्चालनमा आयो । यदि एफएयूजी सञ्चालनपश्चात् मात्र पब्जीमा रोक लगाइएको भए शायद भारतीय खेल प्रेमीले चिनियाँ खेल खेल्ने थिएनन् । त्यस्तै नेपालमा क्लीन फिड लागू गर्नुअघि पूर्वतयारी कुनै पक्षले गर्न सकेका थिएनन् । सबै पक्षले क्लीन फिड लागू गर्न सक्नु नै अन्तिम उद्देश्य भएझैं गरे । क्लीन फिड लागू भएपश्चात् केही मात्र विज्ञापन नेपालमै निर्मित भए तापनि त्यो अपेक्षित दरभन्दा निकै कम थियो । हिन्दी च्यानलमा भारतीय विज्ञापन नआउँदा पनि त्यस समयमा अन्य सामग्री आउने गरेको भेटिन्छ, जहाँ नेपाली विज्ञापन आउनुपर्ने थियो । त्यसतर्फ कसैको ध्यान अझै गएको छैन । विज्ञापन प्रसारण गरेर टेलिभिजन महसुल खर्च घटाउन सक्नुपर्नेमा खाली समयसम्म उपयोग नहुनु वास्तवमै नेपाली पक्षकै असक्षमता हो । अझै पनि यसबारे कुनै योजना निर्माण भएको देखिँदैन । विसं १९५८ देखि शुरू भएको विज्ञापन बजारले नेपालमा खासै ठूलो मह्त्व राख्न भने नसकेको नै हो । क्लीन फिड लागू भइसकेको १ वर्ष बितिसक्दा पनि कुनै सुधार देख्न सकिएको छैन । यसको एउटा महत्त्वपूर्ण कारण भनेको यस क्षेत्रमा दक्ष जनशक्तिको अभाब र अरुचि नै हो । विज्ञापन विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरूलाई नै यस क्षेत्रमा आफ्नो पेशागत यात्रा निर्माण गर्ने रहर हुँदैन । फलस्वरूप, यो स्थायीभन्दा पनि अस्थायी जागीरको रूपमा चिनिँदै आएको छ । यसको प्रमुख कारण हो : यस क्षेत्रमा काम गर्ने वातावरण नहुनु । वृत्ति विकास, तलब अन्य क्षेत्रसँग प्रतिसपर्धात्मक हुन नसक्दा शिक्षित युवाको निमित्त यो क्षेत्र आकर्षक बन्न सकेको देखिँदैन । अहिले पनि नेपालका उच्च व्यवस्थापन शिक्षा अध्यापन गराइने संस्थाका विद्यार्थीका लागि बैंक, बीमा, एनजीओ, आईएनजीओ, आफ्नै व्यवसाय प्राथमिकतामा पर्ने गरेको छ, विज्ञापन क्षेत्र कसैको पनि प्राथकितामा पर्दैन । विज्ञापन एजेन्सीमा लगानी गर्नेले ठूलो रकम बुझिरहँदा अन्य कर्मचारीहरूलाई न्यून पारिश्रमिक प्रदान गरिने यस क्षेत्रमा आजका युवा आफ्नो उद्देश्यपूर्ति नहुने स्पष्ट बुझ्छन् र आकर्षित हुँदैन । नियामक निकायको उदासीनताले पनि यस क्षेत्रलाई क्लीन फिडको कार्यन्वयन प्रभावकारी नभएको हो । । नेपाल विज्ञापन संघ (आन) मा कुशल नेतृत्वले स्थान नपाउँदा, आफ्नो विज्ञापन एजेन्सीको बजार बिस्तारमा मार्ग बनाउने कार्यमा मात्र केन्द्रित रह्यो । आनसँग कुनै प्रकाशित गर्न मिल्ने न त थ्यांक छ, न यसको वेबसाइट नै नियमित अद्यावधिक गरिन्छ । योजना निर्माण, नीति निर्माणमा अग्रसर भूमिका निर्वाह गर्न सक्नुपर्ने यस संगठनले कुनै विस्तारित योजना निर्माण गर्न नसक्नु र विगतमा भइरहेको धारभन्दा पृथक् केही गर्न नसक्नुले गर्दा क्लीन फिड कार्यान्वयन भएपश्चात् पनि विज्ञापन क्षेत्रले कुनै उपलब्धि हात पार्न नसकेको हो । आनले आगामी दिनमा विज्ञापन पुरस्कार वितरणबाहेक नेपालको विज्ञापन बजारलाई परिमार्जन गर्दै आजको आवश्यकताअनुरूप वैज्ञानिक र अनुशासित बनाउन सक्नुपर्छ । स्वदेशी उत्पादन प्रवर्दनको निमित्त यस युगमा विदेशी उत्पादनको विज्ञापनको रोकले कुनै प्रभाव पार्दैन । स्वदेशी उत्पादन आफै गुणस्तरयोग्य हुन आवश्यक छ । सोही मूल्यमा विदेशी उत्पादन गुणस्तरयोग्य भेटिन्छ भने राष्ट्रियताको नाममा कसैले कम गुणस्तरयुक्त वस्तु खरीद गर्दैन । सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरी क्लीन फिडको प्रभावकारिताबारे अध्ययन गरिए तापनि त्यसले केकस्तो निष्कर्ष निकाल्यो सार्वजनिक गरिएको पाइँदैन । अन्यथा, क्लीन फिडले अन्ततः ग्राहक नै मर्कामा परेको निष्कर्ष निकाल्न सक्नुपर्थ्यो । क्लीन फिड लागू गर्दा तरंग फैलिएको भारतले आज यसको प्रभावकारिताको र नेपाललाई भएको उपलब्धिबारे अर्को समाचार बनाएमा हास्यास्पद हुनुपूर्व नै क्लीन फिडको उच्च उपयोग गरेर यसबाट नेपालले लाभ लिन सक्नुपर्छ । क्लीन फिड वास्तवमै विज्ञापन क्षेत्रका लागि सुनौलो अवसर हो । तर, यसको निमित्त अवसरको उपयोग गर्न सक्नु अहिले हाम्रो निमित चुनौतीपूर्णझैं देखिएको छ । नेपालले लागू गरेको क्लीन फिड र त्यसको प्रभावकारिताबारे अध्ययन गर्दा केही फलदायी उपलब्धि झल्कन सक्नुपर्छ । यसको निमित्त सबै पक्ष मिली एकीकृत रूपमा काम गर्न आवश्यक छ । रेग्मी बैंकर हुन् ।

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

आयोजना व्यवस्थापन र कार्यान्वयन १. नेपालमा आयोजना व्यवस्थापनका समस्याहरू के के हुन् ? उल्लेख गर्दै आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने उपायहरू लेख्नुहोस् ।  वस्तु तथा सेवाको उत्पादन तथा वितरण गरी मुलुकको आर्थिक सामाजिक रूपान्तरणमा सहयोग गर्ने माध्यम एवं साधन आयोजना हुन् । नेपालमा आयोजना व्यवस्थापन गर्न राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय क्रियाशील छन् । यसमा सम्बन्धित आयोजना प्रमुख तथा सम्बन्धित मन्त्रालयलाई बढी जिम्मेवार बनाइएको छ । आयोजना कार्यान्वयनमा प्रभावकारिता ल्याउन उच्च तहबाट अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था छ । आयोजनालाई व्यवस्थित गर्न आयोजना बैङ्कको स्थापना गरिएको छ । आयोजना व्यवस्थापनका लागि कानुनी र संस्थागत व्यवस्था गरिएको छ र पनि नेपालमा आयोजना व्यवस्थित हुन सकेको छैन । यसमा विभिन्न समस्या देखिएका छन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः – जनताको वास्तविक आवश्यकतामा आधारित कार्यान्वयनयोग्य आयोजना तर्जुमा हुन नसक्नु, – आयोजना तर्जुमा गर्ने, बजेट व्यवस्था गर्ने र आयोजना कार्यान्वयन गर्ने निकायबीच कार्यगत समन्वयको कमी हुनु, – आयोजना बैङ्कको पूर्ण पालना हुन नसक्नु,