थप प्रभावकारी बनाउने प्रतिबद्धता

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन, हालसम्मको प्रगति र सेवा प्रवाहका बारेमा समीक्षा गरिएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यव्रmम कार्यान्वयन, प्रगति, कामको प्रभावकारिता र आगामी रणनीतिका बारेमा मुख्यमन्त्री र मन्त्रीहरूबिच छलफल भएको हो ।

सम्बन्धित सामग्री

मानव अधिकारको संरक्षण र सम्वर्द्धनलाई प्रभावकारी बनाउने प्रतिबद्धता

मानव अधिकार आयोगसहित आठ वटा संवैधानिक आयोगहरूले मानव अधिकारको संरक्षण र सम्बर्द्धनका कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । मानव अधिकारको विश्वव्यापी मूल्य मान्यतालाई आत्मसात गर्दै आयोगहरूबीच सहअस्तित्व, समन्वय तथा सहकार्य गर्ने सहमति बनेको हो ।

व्यक्तिगत घटना दर्ता (सम्पादकीय)

व्यक्तिगत घटना दर्तालाई थप प्रभावकारी बनाउने उद्देश्यले वैशाख १ देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताहका रूपमा मनाइँदै छ । यसलाई विस्तार गरी वैशाख १६ गतेसम्म व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरिनेभएको छ । जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँ–सराइजस्ता पाँचवटा महŒवपूर्ण व्यक्तिगत घटना दर्ता गर्न जागरण फैलाउन सरकारले यो अभियान सुरु गरेको हो । देशभरका छ हजार ७४३ वटै वडामा सञ्चालन गरिने यो अभियानमा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षासम्बन्धी सेवा दर्ता शिविर सञ्चालन गरिँदैै छ । छ वर्षअघि नेपालले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा सन् २०२४ अर्थात् विक्रम संवत् २०८० सम्ममा व्यक्तिगत घटना दर्तालाई सतप्रतिशत पु¥याउने प्रतिबद्धता जनाएको थियो । यही प्रतिबद्धता पूरा गर्न यो अभियान सुरु गरिएको हो । अहिले मुलुकमा व्यक्तिगत घटना दर्ता ६५ प्रतिशतमात्र रहेको छ । यो न्यून दर हो । अघिल्ला केही वर्षमा राम्रै प्रगति भए पनि २०७७ को वर्ष यो कार्य निराशाजनक रह्यो । खासगरी कोरोना महामारीका कारण व्यक्तिगत घटना दर्ता प्रभावित भएको हो । घटना दर्ताका लागि आवश्यक संरचना र जनशक्तिको अभाव तथा जनचेतनाको अभाव अर्काे समस्या हो । व्यक्तिगत घटना दर्ता राज्य र नागरिकबीचको कानुनी सम्बन्धको आधार भए पनि यसलाई आमनागरिकले गम्भीर रूपमा नलिँदा र जिम्मेवार निकायले व्यक्तिगत घटना दर्ताकार्यलाई सहज बनाउन नसक्दा राम्रो प्रगति हासिल हुन नसकेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन–२०७६ को दफा १८ ले घटना

प्रदर्शन स्थगन गर्न साझा पार्टीको आग्रह

काठमाण्डाै - साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । पार्टीले आज विज्ञप्ति निकालेर पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी पीसीआर परीक्षणको दायरा थप बढाउन सरकारले ज...

प्रदर्शन स्थगित गर्न साझा पार्टीको आग्रह

साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी पिसीआर परीक्षणको दायरा थप बढाउन सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई शङ्काको सुविधासहित स्वागत गरेको जनाएको हो । उपप्रधानन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकको निर्णयबाट उक्त प्रतिबद्धता सार्वजनिक भएको थियो ।