‘निर्माण उद्योगलाई बचाउन सरकारले पहलकदमी लिनु पर्छ’

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले आफ्ना महत्वपूर्ण माग सम्बोधन नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले चिन्ता जनाएको छ । आगामी असार ४ गतेसम्म सरकारले माग सम्बोधन नगरे देशभरका निर्माण कार्य ठप्प पर्ने चेतावनी दिएका छन् । व्यवसायीले आफूले पाएको अनुमतिपत्रसमेत सरकारलाई फिर्ता गर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

कर छली गर्ने उद्योगलाई जोगाउन चलखेल !

चोर बाटोबाट इ–सिगरेट (भेप) उत्पादन गरि कर छली गर्ने एक उद्योगका सञ्चालकलाई कारबाहीबाट बचाउन चलखेल गरिएको घटना सार्वजनिक भएको छ।

लयमा फर्किएको छैन पर्यटन उद्योग

कोभिड महामारीले थलिएको होटेल तथा पर्यटन उद्योगलाई बचाउन राज्यले चासो नदेखाउँदा गम्भीर संकट देखिएको छ । देशभरका होटेल/रिसोर्ट आर्थिक संकटमा परेर सञ्चालन खर्चसमेत धान्न नसक्ने गरी थला परेका छन् । व्यवसाय चौपट...

चुराेटमा निकोटिनको मात्रा घटाउँदै अमेरिका

काठमाडाैं । अमेरिकाले चुराेटमा निकोटिनलाई ‘गैरकुलत’ तहमा घटाउने नयाँ नीति घोषणा गर्ने तयारी गरेको छ । यसका लागि सरकारले उत्पादकहरूसँग छलफल गरिरहेको छ । चुरोटमा सरकारको कदमले सुर्ती उद्योगलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ । यो नीति सफल भएमा यसै शताब्दीको अन्त्यसम्ममा लाखौं जीवन बचाउन सकिने र यसले भविष्यलाई एउटा आकार दिनेछ, जहाँ चुरोट […]

चुराेटमा निकोटिनको मात्रा घटाउने तयारी गर्दै अमेरिका

अमेरिकाले चुराेटमा निकोटिनलाई ‘गैरकूलत’ तहमा घटाउने नयाँ नीति घोषणा गर्ने तयारी गरेको छ। यसका लागि सरकार उत्पादकहरूसँग छलफल गरिरहेकाे छ। चुरोटमा सरकारको कदमले सुर्ती उद्योगलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ। यो नीति सफल भएमा यसै शताब्दीको अन्त्यसम्ममा लाखौँ जीवन बचाउन सकिने र यसले भविष्यलाई एउटा आकार दिनेछ, जहाँ चुरोट अब लत र दुर्बल रोगहरूको […]

उद्योगलाई फुटबलको पेनाल्टी

बंगलादेश सरकारले राजधानी ढाका र त्यस वरपरका उद्योगहरूलाई साँझको समयमा बन्द गर्न आदेश दिएको छ । सरकारले हरेक दिन साँझ पाँच घण्टा उद्योगहरू बन्द गर्ने निर्णय गरेको हो । यसबाट झन्डै ५ हजार उद्योगहरू प्रत्यक्ष प्रभावित हुनेछन् । यो आदेश दक्षिण अफ्रिकामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिता अन्त्य नहुँदासम्म लागू हनुेछ । ‘यो हाम्रो बाध्यता हो । बंगलादेशी जनताहरूका लागि टेलिभिजनमा फुटबल हेर्न चाहिने बिजुली बचाउन सकियोस् भनेर हामीले यो अप्रिय निर्णय लिएका हौं, ’ ढाका विद्युत् आपूर्ति कम्पनीका प्रबन्ध निर्देशक सालेह अहमदले भने । गत शनविार फुटबलप्रेमीहरूले लोडसेडिङका कारण प्रतिस्पर्धा हेर्न नपाएपछि केही विद्युत् वितरण केन्द्रहरूमा आक्रमण गरेका थिए । प्रदर्शनकारीले २० भन्दा बढी यातायातका साधनमा क्षति पु¥याएका थिए । झडपमा ५० व्यक्ति घाइते भए । स्थिति नियन्त्रणमा लिन ढाकामा सयौं प्रहरी परचालन गरियो । बंगलादेश फिफा वरीयताक्रममा १५७ औं स्थानमा छ । बंगलादेशका युवादेखि वृद्धसम्म फुटबल खेलप्रति निकै रुचि राख्छन् । बंगालदेशको कुल १५ करोड जनसंख्याको ३० प्रतिशतलाई मात्र विद्युत्को सुविधा उपलब्ध छ । वर्ष ५, अंक ४२, २०६७, असार ७–१३

नेपाल घुम्न आउन पर्यटकलाई एक महिना निःशुल्क भिसा

काठमाडौं। कोरोना महामारीपछि नेपालमा घुम्न आउने विदेशी पर्यटकलाई एक महिनासम्म निःशुल्क भिसा उपलब्ध गराइने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै पर्यटन उद्योगलाई बचाउन यसरी विदेशी पर्यटकलाई एक महिनासम्म निःशुल्क भिसा उपलब्ध गराउने बताएको हो।

राहत प्याकेज घोषणा गर्न हस्तकला महासंघको माग

काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला उद्योगलाई कोरोना भाइरसको असरबाट बचाउन आगामी ५ वर्षका लागि सफ्ट लोनको

उदयपुर सिमेन्ट संरक्षण गर्न बजेट व्यवस्था गरिने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उदयपुर सिमेन्ट उद्योगलाई बचाउन आगामी बजेटमा विशेष व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । शनिबार आयोजित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको ३५ औँ साधारण सभा उद्घाटन गर्दै मन्त्री रिजालले उद्योगलाई राम्रोसँग चलाउन सक्ने गरी आगामी बजेटमा विशेष व्यवस्था गर्ने लागेको बताउनुभएको हो ।

उद्योग बचाउन चुनौती

रुपन्देहीका उद्योगीले उद्योग व्यवसाय जोगाउन कठिन भएको बताएका छन् । विश्व आर्थिक मन्दीको प्रभाव, बैङ्कको चर्को ब्याज, स्वदेशी उद्योगलाई प्रोत्साहनको अभाव र जग्गा भाडा वृद्धि लगायतका कारण उद्योग बचाउनै चुनौती रहेको बताउनुभएको हो । बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घको २१औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशनको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घका कार्यवाहक अध्यक्ष एजाज आलमले अहिले उद्योगीको अनुहारमा हाँसो हराएको चर्चा गर्दै उद्योग बचाउन चुनौती रहेको बताउनुभयो । उहाँले बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योग सञ्चालनका लागि व्यवस्थापन लिमिटेडले लिने गरेको भाडा महँगो