काठमाडौं। नेपालमा कोरोनाभाइरसका तेस्रो भेरियन्ट रहेको पुष्टि भएको छ। कोरोनाको पुरानो भाइरससँगै बी.१.६१७.१ र बी.१.६१७.२ भेरियन्ट रहेको पुष्टि स्वास्थ्य मन्त्रालयको अनुसन्धानले देखाएको छ। यो सबै उमेर समूहमा उत्तिकै सङ्क्रामक रहेको पनि बताइएको छ। अब यसले हाल दिइएको खोपको प्रभाव के-कस्तो हुने भन्ने पनि अनिश्चित बनाएको छ। ३५ वटा स्वाब परीक्षणमा ९७ प्रतिशतमा दोस्रो र तीन प्रतिशतमा नयाँ भेरियन्ट देखिएको हो।