कांग्रेसमा देउवाको ‘एकल शासन’विरूद्ध महामन्त्रीको विद्रोह संकेत

काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसले दुई युवा महामन्त्री पायो। ०७८ मंसिरमा भएको महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भए।देउवा समूहका दुई उम्मेदवार प्रदीप पौडेल र डा. प्रकाशशरण महतलाई पराजित गर्दै शेखर कोइराला समूहका थापा तथा प्रकाशमान सिंह समूहका शर्मा महामन्त्रीमा निर्वाचित भए। महामन्त्रीमा निर्वाचित भएको डेढ वर्षपछि थापाले पार्टीभित्रको असन्तुष्टिलाई संकेत गर्दै गम्भीर प्रश्न उठाए। ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन पर