राहत माग्दै बादी परिवार

स्थानीय मंगलसेन नगरपालिका–५ मा बस्दै आएका बादी समुदाय निषेधाज्ञाका कारण समस्यामा परेका छन् । उनीहरू दिनहुँजसो गाउँघरमा पुगेर मागेको खाद्यान्नले गुजारा चलाउँदै आएका थिए । कोरोना संक्रमणसँगै भएको निषेधाज्ञाले उनीहरूलाई साँझबिहानको छाक टार्नै समस्या भएको हो । मागेर र बजारमा मजदुरी गरेर जीविकोपार्जन गरिरहेका बादी समुदाय यतिखेर नगरपालिका र अन्य निकायमा राहतका लागि गुहारिरहेका छन् ।

सम्बन्धित सामग्री

मुक्त हलिया र बादी परिवारलाई राहत सामग्री

कञ्चनपुर : कोरोना भाइरस(कोभिड १९) को संक्रमण रोकथामका लागि गरिएको लकडाउनको प्रत्यक्ष असर झेल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रका मुक्त हलिया परिवार र बादी परिवारलाई राहत सामग्री वितरण गरिएको छ। राहत मापदण्ड कार्यविधि २०७६ अनुसार दैनिक ज्याला मजदुरी गरी जीविका चलाउँदै आएका मुक्त हलिया परिवार र बादी परिवार...