एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र हरियो बनाउने आयोगको निर्णय स्वीकार्न नसकिने बताएका छन् । आइतबार बसेको एमाले स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्र हरियो बनाउने कुरा कुनै एक दलको फाइदाका लागि मात्रै भएको बताए । ‘काँग्रेसको निर्वाचन चिन्हसँग मिल्दोजुल्दो निर्वाचन मतपत्र चिन्हको रङ बदल्नै पर्छ । यसलाई एमालेले स्वीकार्न सक्दैन’अध्यक्ष ओलीले भने,‘आयोगको यसप्रकारका क्रियाकलापप्रति आपत्ति जनाउनुपर्छ ।’ उनले स