पाकिस्तानको एक पहाडी रिजोर्ट शहर मुर्रीमा ठूलो हिमआँधी आएपछि १० जना बालबालिका सहित कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
उक्त शहरमा कम्तीमा एक लाख २५ हजार कारहरू अड्केका छन् ।
राजधानी इस्लामाबादका प्रहरी अधिकृत नवीद इकबाल, उनकी पत्नी र ६ सन्तानको हिउँमा पुरिएर मृत्यु भएको छ ।
धेरै मानिस कारभित्रै जमेर मरेका हुन् भने अन्यले बाटोमा अड्केको कारको हीटर बालेका कारण सास फेर्न नसकेर मृत्युवरण गरेका हुन् ।
गृहमन्त्री शेख रशिदले सडक खुलाउन तथा अड्केका हजारौं मानिसलाई उद्धार गर्न सेना परिचालन गरिए...