नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदवापतको रु ५३ करोड भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो …