जाजरकोट : नलगाड नगरपालिका–११ स्थित एउटै सडक, एउटै उपभोक्ता समितिले दुई ठाउँबाट भुक्तानी लिएको पाइएको छ। गत आर्थिक वर्ष २०७९-०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी एउटै सडकमा दुई कार्यालयबाट भुक्तानी दिइएको पाइएको हो।एउटा नक्कली उपभोक्ता समिति खडा गरी २०८० असार मसान्तमा हतारहतार भुक्तानी लिएको पाइएको छ।उखाले–तल्लु सडक निर्माण योजना नलगाड नगरपालिकाले पनि भुक्तानी दिएको छ भने पूर्वाधार विकास कार्यालय जाजरकोटले पनि भुक्तानी दिएको पाइएको छ। दुईवटा कार्यालयबाट भुक्तानी लिएको भेटि