काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धन सरकारले देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाएका छन्।उनले सरकारले स्थायित्वको अनुभुति दिन नसकेको पनि बताए।यसैगरि उनले दुईपटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्र्ने पनि बताएका छन्।