रुसले बन्द गरेको १० दिनपछि मुख्य पाइप लाइनबाट युरोपमा ग्यास निर्यातलाई निरन्तरता दिएको छ । मर्मत गर्ने भन्दै रुसको मुख्य ग्यास कम्पनी गाजप्रोमले मुख्य पाइपलाइन नोर्ड स्ट्रिम १ मार्फत हुने ग्यास निर्यात १० दिनदेखि रोकेको थियो । गाजप्रोमले आज बिहीवार युरोपमा ग्यास निर्यात सुरु गरेको बीबीसीले जनाएको छ । तर पाइप लाइनको क्षमताको ४० प्रतिशत ग्यास मात्रै रुसले युरोपमा पठाइरहेको खबरमा उल्लेख छ । रुसले मर्मतका लागि नोर्ड स्ट्रिम १ मार्फत ग्यास निर्यात रोकेपछि युरोपेली देशले रुसलाई इन्धनमा राजनीति गरेको आरोप लगाउँदै रुसको ग्यास प्रय...