बागलुङ : बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडा तल्लो रामतोलामा पहिरो खस्दा दर्जनभन्दा बढी घर जोखिममा परेका छन् भने सयौं रोपनीमा लगाएको सुन्तला खेती तथा अन्य अन्नपात बग्न थालेका छन्।केही दिनदेखि परिरहेको वर्षाको कारण जमिन बग्न थालेपछि स्थानीय कुलराज शर्मासहित दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए।पहिरोले सडक र जंगलैसमेत बगेपछि गाउँभरि त्रास फैलिएको उनको भनाई छ। पहिरोले पाइप बगाउन थालेपछि ५० घरमा खानेपानी अभाव भएको र विभिन्न स्थानमा पोल ढ