काठमाडौं। नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा राजस्व अनुसन्धान विभागले १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले ६४ अर्ब ५०करोड ९७ हजार ८७२ भ्याट र आयकर एक अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७८४ छलेको अभियोगमा अनिलकुमार गुप्ता र प्रवीणकुमार महतो तथा १३ फर्मका सञ्चालकसहित १६ जनाविरुद्ध द्दा दायर गरेको हो। रासस