पेटेन्ट अधिकारको सीमा र पेटेन्टको सार्वजनिक उपयोग

विश्व व्यापार संगठनको अभ्युदयपश्चात् पेटेन्ट अधिकार विकासोन्मुख र अल्पविकसित मुलुकहरूका सर्वाधिक विवादको विषय बनेको छ । अभियन्ताहरूले यसलाई जति ठूलो हाउगुजीका रूपमा प्रस्तुत गरे त्यति डराउनु पर्ने कुरा केही थिएन । तर, अल्पविकसित र विकासोन्मुख मुलुकले जनस्वास्थ्य, वातावरण र प्रकृतिक जैवीसाधन तथा परम्परागत ज्ञानजस्ता विषयमा आधारित पेटेन्ट सम्बन्धमा सजग हुनुपर्ने र होशियारी अपनाउनुपर्ने आवश्यकता नभएको भने होइन । यस सन्दर्भमा सबैभन्दा पहिले सार्वजनिक उपयोगकर्ताहरू स्पष्ट हुनुपर्ने विषय हुन्– पेटेन्टधनीको एकलौटी अधिकार भएका र निजले नियन्त्रण गर्न पाउने अधिकार केके हुन् तथा निजको परामर्शविना अपवादका रूपमा सार्वजनिक उपयोग गर्न पाइने विषयहरू केके हुन् ? ट्रिप्स सम्झौताको दफा २८ बमोजिम पेटेन्टधनीको एकलौटी अधिकार भएका र निजले नियन्त्रण गर्न पाउने पहिलो अधिकार हो– यदि वस्तुको पेटेन्ट भए धनीको स्वीकृतिविना त्यस्तो वस्तु उत्पादन गर्न, प्रयोग गर्न, विक्रीको प्रस्ताव गर्न, विक्री गर्न वा आयात गर्नका लागि तेस्रो पक्षलाई निषेध गर्ने वा रोक्ने अधिकार । दोस्रो अधिकार हो– यदि उत्पादन प्रक्रियासम्बन्धी पेटेन्ट भएमा धनीको स्वीकृतिविना त्यस्तो प्रक्रियाको प्रयोग गर्न र उक्त प्रक्रियाको उपयोग गरी उत्पादन गरिएको वस्तुको प्रयोग गर्न, विक्रीको प्रस्ताव गर्न, विक्री गर्न र आयात गर्नबाट तेस्रो पक्षलाई निषेध गर्ने वा रोक्ने । र, तेस्रो अधिकार हो– आप्नो पेटेन्ट अरू कसैलाई हस्तान्तरण गर्ने वा आफ्ना पुस्तालाई हस्तान्तरण गर्ने तथा उपयोगका लागि इजाजत दिने । तेस्रो पक्षले यी अधिकारको उपयोग गर्दा पेटेन्टधनीको परामर्शमा वा स्वीकृतिमा गर्नुपर्छ । पेटेन्टधनीको स्वीकृतिविना उपयोग गर्न पाउने विषयहरू भने प्रशस्त छन् । ट्रिप्सको दफा ३० ले सदस्य राष्ट्रलाई आफ्नो स्वविवेकमा पेटेन्ट अधिकारका सीमित अपवादहरू राख्नसक्ने छूट दिएको छ । संरक्षित पेटेन्ट सम्बन्धमा सम्बद्ध धनीको मञ्जुरीविना तेस्रो पक्षले यस्ता अपवादपूर्ण कार्यहरू गरेकोलाई पेटेन्टधनीको एकाधिकार उल्लंघन गरेको मानिँदैन । विकासोन्मुख मुलुकले गरेको कानूनी अभ्यासअनुसार अपवादमा राखिएका यस्ता केही सार्वजनिक सरोकारका विषयहरू देहायअनुसार रहेका छन् : संरक्षित पेटेन्टको उपयोग गरी उत्पादित वस्तुको सम्बन्धमा पेटेन्टधनी आफैले वा निजको सहमतिमा नेपालको बजारमा विक्रीका लागि उपलब्ध गराएको वस्तुको विक्रीवितरण वा उपभोग गरेकोमा व्यापार सञ्जालका वितरक तथा उपभोक्ताको निम्ति पेटेन्ट अधिकार आकर्षित हुँदैन । तर, वस्तु उत्पादनकर्ताले आफ्नो उत्पादन प्रणालीमा उपयोग गरेको संरक्षित पेटेन्टको स्वीकृति नै नलिई पेटेन्ट अधिकार उल्लंघन गरेको रहेछ भने वस्तुको भण्डारण गर्ने वा वितरण गर्ने व्यापार सञ्जालका वितरक र खुद्रा व्यापारीलाई सम्म असर पर्न सक्छ । तर, उपभोक्ता स्तरमा वस्तु स्तरहीन भएर पर्ने असरबाहेक पेटेन्ट अधिकार उल्लंघनको भागी बन्नु पर्दैन । यसरी पेटेन्टयुक्त वस्तु उपभोक्ताबीच सार्वजनिक हुनुलाई पेटेन्ट अधिकारको स्थगन भनिन्छ । संरक्षित पेटेन्ट प्रविधिबाट एउटा मुलुकमा उत्पादन भएको र पेटेन्टधनीको स्वीकृतिमा बजारमा राखिएको वस्तु व्यापार सूत्रबाट पेटेन्ट संरक्षित रहेको दोस्रो मुलुकको बजारमा प्रवेश गरेमा पनि पेटेन्टधनीको अधिकार स्थगन भई त्यो वस्तुमा रहेको पेटेन्ट अधिकार समाप्त हुन्छ र निर्बाध रूपले पछिल्लो मुलुकका उपभोक्ताले त्यस्तो वस्तु उपभोग गर्न पाउँछन् । यूरोपेली संघलगायत विश्वका धेरै मुलुकमा यो पद्धति हावी छ । तर, नेपालमा भने विदेशी लगानीलाई संरक्षण दिन पेटेन्टमा होस् वा ट्रेडमार्कमा होस् पेटेन्ट अधिकारको स्थगनलाई स्वीकार गरिएको छैन । उदाहरणका लागि इन्डोनेशियाको लक्स साबुन र हिन्दूस्थान लिभरका केही उत्पादनहरूको पैठारीलाई कानुूनतः रोक लगाएका विगतका उदाहरण पनि छन् । यदि नेपालमा विदेशी लगानीबाट उस्तै ब्रान्डको वस्तु उत्पादन हुँदा पनि स्थानीय उपभोक्ता किन विदेशी ब्रान्डमा आकर्षित भए, मूल्यमा अन्तर प¥यो कि गुणस्तर फरक पर्‍यो, उपभोक्ता ठगिएका त छैनन् ? उनीहरूको वस्तु छनोटको अधिकार त हनन भइरहेको छैन, जस्ता विषयमा राम्रो अनुसन्धान गरी सरकारले नीति परिवर्तन गर्न उचित हुन्छ । पेटेन्ट धनीको आर्थिक हितमा प्रतिकूल असर नपर्ने गरी निजी प्रयोजन, गैरव्यापारिक र गैरनाफामूलक कार्यमा पेटेन्टको उपयोग गरेकोमा सार्वजनिक जनजीवनमा पेटेन्ट अधिकार आकर्षित हुँदैन । जस्तो कसैले आयुर्वेदिक औषधिको फर्मुला पेटेन्ट गराएको छ । त्यही विधि अध्ययन गरेर अन्य कसैले स्थनीय जडीबुटी संकलन गरी त्यही फर्मुलाबाट आफ्नो बिरामी छोराको उपचार गर्‍यो भने उसलाई पेटेन्ट अधिकार उल्लंघनको भागी बन्नु पर्दैन । त्यस्तै व्यावसायिक चिकित्सकको रेखदेख र सिफारिशका आधारमा कुनै बिरामी व्यक्तिका लागि निवासमा वा स्वास्थ्य केन्द्रमा तयार गरिएको औषधिको हकमा पनि पेटेन्ट अधिकार आकर्षित हुँदैन । कुनै सम्बद्ध विषयको शैक्षिक तथा प्राज्ञिक कार्यक्रममा शिक्षण प्रशिक्षण प्रस्तुत गर्दा, पाठ्यसामग्री वितरण गर्दा, पाठ्यसामग्रीको रूपमा वितरण गर्दा, वैज्ञानिक तथा अनुसन्धानसम्बन्धी कार्य सञ्चालन गर्दा पेटेन्ट अधिकार उल्लंघन भएको मानिँदैन । अघिल्ला पेटेन्टको ज्ञानमा टेकेर कैयौं प्रतिभाले कैयौं अविष्कार सम्पन्न गर्छन् । फलस्वरूप ज्ञानमा अधारित समाजको निर्माण हुन्छ र मुलुकमा प्रविधिको विकास हुन्छ । त्यस्तै नेपालभित्र असल नियतले कसैले प्रचलित ऐन कानूनको अधीनमा रहेर त्यस्तो धनीले पेटेन्टको आवेदन गर्नु अघिदेखि वा ग्राह्यता मितिभन्दा अघिदेखि उही वा मिल्दोजुल्दो आविष्कारको उपयोग गर्दै आएकोमा त्यस्तो पहिलेदेखिको उपयोगलाई पेटेन्ट अधिकारले अवरुद्ध गर्न पाउँदैन ।   कसैले पेटेन्टको नियमनका लागि कुनै आधिकारिक निकायले चलन गरेको वस्तु वा नमूना वा कुनै सूचना पेश गराएकोमा, साना प्याकेटमा वा सानो परिमाणमा नमूनाका प्रदर्शनका लागि उत्पादित व्यापारिक वस्तु चलन गरेकोमा, पेटेन्टको संरक्षण अवधि भुक्तानी भइसकेपछि व्यावसायिक रूपमा वस्तु उत्पादन र विक्रीवितरण गर्ने उद्देश्यले वस्तु वा विधिको जानकारी लिएको र कुनै परीक्षण कार्यका लागि मात्र पेटेन्ट चलन गरेकोमा पेटेन्ट उल्लंघन हुँदैन । पेटेन्टको यस प्रकारको स्वतन्त्र सार्वजनिक उपयोग गर्न पाइने व्यवस्थाले उद्योग व्यापारको प्रवर्द्धनमा सहयोग पुर्‍याएको हुन्छ । ट्रन्जिट मार्गका रूपमा नेपालको जल, स्थल वा आकाशमा प्रचलित कानूनबमोजिम वा अस्थायी रूपले सञ्चालन गरिएका वा कुनै आकस्मिकताका कारण भित्रिएका जहाज, गाडी, वायुयानजस्ता यातायातका साधन र तिनमा रहेका मालसामानहरूमा पेटेन्ट उल्लंघनसम्बन्धी कारबाही गरेर यात्रुलाई जोखिममा पारिँदैन । त्यस्तै सानो संख्यामा वा मात्रामा आयात गरिएका सामग्रीमा यदि कसैको पेटेन्ट अधिकार उल्लंघन भएको अवस्था विद्यमान रहे पनि उन्मुक्ति पाउने व्यवस्था ट्रिप्सको दफा ६० मा गरिएको छ । कुनै सार्वजनिक स्वास्थ्य, सुरक्षा तथा पोषण तथा वातावरणीय सुरक्षाका लागि वा कुनै अत्यावश्यक सामाजिक, आर्थिक र प्राविधिक विकाससम्बन्धी सार्वजनिक उद्देश्य प्राप्त गर्न दर्ता भएको ३ वर्ष पुग्दासम्म पनि पेटेन्टधनीले नेपालमा उक्त पेटेन्टमा आधारित वस्तु उत्पादन गर्न वा गराउन चासो नदेखाएको खण्डमा निश्चित अनुशासनमा रहेर सरकारले अनिवार्य इजाजत दिएर वा अन्य सरकारी हस्तक्षेपद्वारा उचित कदम चाल्न सक्छ । त्यस्तै अनावश्यक ढंगले व्यापारमा अवरोध खडा गर्ने गरी वा वैदेशिक प्रविधि हस्तान्तरणमा प्रतिकूल असर पार्ने गरी सम्बद्ध धनीले पेटेन्टको विचलन गरेमा रोकथामका लागि सरकारले हस्तक्षेप गरेर उपयुक्त कदम चाल्न सक्छ । पुछारमा आएर भन्नुपर्दा तोकिएका सीमित प्रयोजनका लागि पेटेन्टको अवधि बढीमा २० वर्ष हो । त्यसपछि यसै पनि पेटेन्ट सार्वजनिक हुन्छ र कुनै कामका लागि पनि पेटेन्टधनीको स्वीकृति आवश्यक पर्दैन । एकपटक सार्वजनिक भएको पेटेन्ट फेरि दर्ता गर्नयोग्य हुँदैन । पेटेन्टको संरक्षण भौगोलिक क्षेत्रसापेक्ष हुने भएकाले विदेशी मुलुकमा संरक्षण भएको पेटेन्ट नेपालमा दर्ता नहुँदासम्म यहाँका उद्योगी व्यवसायीहरूले बेसरी प्रयोग गर्न सक्छन् । पेटेन्ट गरेको भन्दैमा पेटेन्टधनीले चाहेजति संरक्षण पाउने पनि होइन, दाबीहरूको दायराभित्र रहेरमात्र संरक्षण पाइन्छ । उपर्युक्त सबै विषयको अध्ययन गर्दा पेटेन्टधनीले पेटेन्ट नलिएको अवस्थाभन्दा लिएको अवस्थामा समाजले धेरै फाइदा पाउँछ । माथिका उदाहरण पेटेन्टको अधिकारका सीमाबाहिरका कुरा भएकाले तिनबाट सोझै सार्वजनिक लाभ प्राप हुन्छ । कृषि, जैवीसाधन, परम्परागत ज्ञानजस्ता विषयमा आधारित पेटेन्ट सम्बन्धमा भने केही सजगता र होशियारी लिनुपर्ने हुन्छ । संक्षेपमा भन्नु पर्दा पेटेन्टधनीलाई दिएको एकलौटी अधिकारको दाँजोमा समाजले पाउने तुलनात्मक लाभ धेरै गुना बढी हुन्छ । लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

सम्बन्धित सामग्री

रुस र फिनल्याण्डबीच सीमा क्षेत्रमा तनाव

रुस र फिनल्याण्डबीच सीमा क्षेत्रमा तनाव बढेको छ। शरणार्थीलाई सीमा क्षेत्रबाट आफ्नो भूमिमा पठाएको भन्दै फिनल्याण्डले रुसी सीमा नाका बन्द गरेपछि दुई देशबीच विवाद बढेको हो । सीमा बन्द गर्ने फिनल्याण्डको कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अत्यन्तअनावश्यक कदम’ भन्दै आलोचना गरेका छन्। फिनल्याण्डले यो महिना मात्रै ९०० भन्दा बढी रुसी शरणार्थी आफ्नो भूभागमा प्रवेश गरेको आरोप लगाएको छ। फिनल्याण्ड र रुसबीच एक हजार ३४० किलोमिटर सीमा जोडिएको छ। लामो सीमा क्षेत्रबाट रुसी शरणा

सीमा सुरक्षा बलले गर्‍यो सीमा स्तम्भ अनुगमन

सिमकोट – सीमा सुरक्षा बलले चीनसँगको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको अनुगमन गरेको छ। हिल्सास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बीओपी)ले नेपाल–चीन सीमाना टाकुलेस्थित ११ नम्बर सीमा स्तम्भको अनुगमन गरेको हो। उच्च क्षेत्रमा रहेको उक्त सीमा स्तम्भ आसपासको हिउँ पग्लेपछि बीओपीको टोली पुगेको सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक शंकरसिंह धामीले बताए। […]

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ।रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन्।...

न्यूजिल्याण्डले पूर्ण रुपमा खोल्यो आफ्नो सीमा

न्यूजिल्याण्डले आफ्नो सीमा पर्यटकहरुका लागि पूर्ण रुपमा खुला गरेको छ। कोरोना भाइरस संक्रमण फैलिएपछि न्यूजिल्याण्डले सबैभन्दा कडा सीमा कानुन ल्याएको थियो। फेब्रुअरीदेखि न्यूजिल्याण्डले आफ्ना नागरिकका लागि सीमा खुला गरेको थियो। मे महिनामा ५० भन्दा बढी देशबाट आउने पर्यटकका लागि न्यूजिल्याण्डले आफ्नो सीमा खुला गरेको थियो। अन्तिम सीमा प्रतिबन्ध आइतबार मध्यरातबाट…

नेपाल–चीन संयुक्त सीमा अनुगमन गरिने

काठमाडौँ – नेपाल–चीनबीच संयुक्त सीमा अनुगमन हुने भएको छ। दुई देशको सीमा मामिला सम्बन्धका अधिकारीबीच सीमा अनुगमन गर्ने विषयमा सहमति भएको छ। सीमा मामिलासम्बन्धी भएको भर्चुअल बैठकले यही जुलाई १४ मा परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखा प्रमुख र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा सामुद्रिक मामिला विभागका प्रमुखको नेतृत्वमा सीमा अनुगमन गर्ने सहमति गरेको हो। […]

भारतीय सीमा सुरक्षाबलद्वारा सीमा क्षेत्रमा हवाई फायर

मोरङ – भारतीय सीमा सुरक्षाबल (एसएसबी)का जवानले नेपाल–भारतको सीमा क्षेत्रमा तीन राउन्ड हवाई फायर गरेका छन्। सोमबार दिउँसो विराटनगर महानगरपालिका १८ को इश्लामपुर क्षेत्रमा एसएसबीका दुई जवानले मदिरा पिएर हवाई फायर गरेको खबर आएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। प्रजिअ दाहालले प्रारम्भिक सूचनाअनुसार गोली चलेको भए पनि मानवीय क्षति नभएको खबर पाएको […]

आन्तरिक विप्रेषणको सीमा घट्यो

नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ। केन्द्रीय बैंकले आजैदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो।...

सीमा नाकामा कोरोना जोखिम

कैलाली, असोज २० । कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ । सीमा क्षेत्रमा बढ्दो भीडभाडले कोरोना जोखिमसमेत बढाएको छ । यद्यपि, सरकारले कोरोना जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा […]

सिडिओले गरे सीमा अनुगमन

मोरङ जिल्लाको भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरिएको छ। नजिकिँदो चाडपर्व र कोरोना महामारीलाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो। मोरङमा भारतसँग ६३ दशमलव चार किलोमिटर खुला सीमा जोडिएको छ।...

नेपाल–भारत सीमा नियमन

सीमा मिचान हुन नदिन पनि सर्वाेच्च अदालतको परमादेश कार्यान्वयन गरी सीमा नियमनको व्यवस्था लागू गर्नुपर्छ नेपाल र भारतबीच रहँदै आएको खुला सीमा अब नियमन व्यवस्थापनमा परिणत हुने भएको छ । सर्वाेच्च...