दमौली अस्पतालमा कार्यरत चिकित्सकले ८ महिनादेखि तलबभत्ता पाएनन्

दमौली अस्पतालमा कार्यरत चिकित्सकले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म तलब भत्ता पाउन नसकेका हुन् । तलबभत्ता नपाएको विषयमा चिकित्सकले यस अगाडि पनि पटकपटक अस्पताल व्यवस्थापन समितिको ध्यानाकर्षण गराए पनि चिकित्सकको तलबभत्ता भुक्तानी भएको छैन । नेपाल सरकारको छात्रवृत्ति अन्तर्गत करार सेवामा स्वास्थ्य सेवा विभागबाट कामकाज गर्न खटाई पठाइएका मेडिकल अधिकृत, नर्सिङ अधिकृतको तलबभत्ता भुक्तानी हुन् नसकेको र दमौल