बजेटको अर्धवार्षिक समीक्षाका लागि छलफलमात्र भएको होः आर्थिक सल्लाहकार डा. श्रेष्ठ

चालु आर्थिक वर्ष (२०७७/७८) को बजेटको अर्धवार्षिक समीक्षा अर्थ मन्त्रालयले गरेको नभइ छलफल मात्र भएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले स्पष्ट पारेका छन् । सञ्चार माध्यममा अर्थ मन्त्रालयले गरेको बजेटको अर्धवार्षिक समीक्षा भन्दै आएका समाचार प्रति प्रष्ट पार्दै उनले अर्धवार्षिक समीक्षाका लागि मन्त्रालयहरुको सचिवसँग बजेट प्रगतिमा छलफल मात्र भएको बताए  । आइतबार अर्थ मन्त्रालयले अर्धबार्षिक समिक्षाका लागि मन्त्रालयका सचिवहरुलाई बोलाएर बजेट प्रगतिको स्थिती बुझेको थियो ।