काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले बजेट कटौती गरेका छन्। उनले अघिल्लो अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटलाई २ खर्ब ४४ अर्ब कटौती गरेका हुन्। तत्कालीन अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट ल्याएका थिए।
चालु आर्थिक वर्ष २०७९/८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन आइतबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्दै मन्त्री पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोड खर्च हुने अनुमान सार्वजनिक गरेका हुन्। सरकारले राजस्व संकलनको लक्ष्य पनि घटाएको छ। मन्त्री पौडेलले १२ खर्ब ४४ अर्ब ७५ करोड बनाएका हुन्।
उनले पर्यटन...