२ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेशको उपसभामुखमा छुट्टै उम्मेदवारी दिएको छ । सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचनमा सत्ता गठबन्धनलाई समर्थन नगरिरहेको नाउपाले लुम्बिनीको उपसभामुखमा निर्मला देवी थारु चौधरीलाई उम्मेदवार बनाएको हो । सत्ता गठबन्धनमा भएको भागवण्डाअनुसार लुम्बिनीको उपसभामुख राप्रपाकी मेनुका खाँण केसीले उम्मेदवारी दर्ता गरेकी छन् । केसीको प्रस्तावकमा माओवादी केन्द्रका इन्द्रजित […]