नेपालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने सङ्कटापन्न सूचीमा रहेको सुनौलो तोप चराको सङ्ख्या घटेको छ। पछिल्लो समय गरिएको अनुगमनका क्रममा गत वर्षको तुलनामा कम सुनौलो तोप चरा पाइएको हो। केही दिनअगाडि मात्रै निकुञ्जमा यो प्रजातिका चराको अनुगमन गरिएको थियो। अनुगमन गर्दा गत वर्षको तुलनामा सुनौलो तोप चराको सङ्ख्या र गुँडको सङ्ख्या कम पाइएको चराविद् हिरूलाल डङ्गौराले जानकारी दिनुभयो।