कञ्चनपुर : नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी निर्वाचित भएका छन्। बोगटी ८०६ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी बहादुरसिंह थापाले ७१५ मत प्राप्त गरेका छन्।उपसभापतिमा मीनबहादुर सिंह ७८६ र हरिसचन्द्र राना ७६३ मत ल्याउँदै विजयी भएका छन्। सचिवमा भिमराज भट्ट र हेमराज ओझा निर्वाचित भएका छन्। भट्टले ७२९ मत ल्याउँदा ओझाले ७३० मत ल्याएका छन्।यसैगरी, सहसचिवमा नाफुसिंह साउँदले ७२६ र पुष्कल चौधरी ६७४ मत ल्याउँदै विजयी भएका छन्। जिल्ला सभापतिसहित ५२ पदका लागि ९५ जनाले उ