कांग्रेस महाधिवेशनः कञ्चनपुर–३ को सभापतिमा चन्द विजयी

कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को सभापतिमा केशबहादुर चन्द निर्वाचित भएका छन् । आज बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार चन्द ३३० मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् ।