कञ्चनपुरमा रमेश लेखक निकट पदम बोगटी बने जिल्ला सभापति

काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । उनले सभापतिका अर्का उमेदवार बहादुर थापालाई पराजित गरेका हुन् ।  केहीबेरअघि प्राप्त अन्तिम नतिजाअनुसार कुल खसेको एक हजार ५७१ मतमध्ये बोगटीले ८०६ मत प्राप्त गरे । यस्तै, थापाले भने ७१५ मत प्राप्त गरे ।  बोगटी रमेश लेखक निकट नेता मानिन्छन्...

सम्बन्धित सामग्री

कञ्चनपुरमा जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित

७ मंसिर, धनगढी । नेपाली का‌ंग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा बोहरा पराजित भएका निर्वाचन समितिले जनाएको छ । उनी पूर्व मन्त्री रमेश लेखक निकट मानिन्छन् । महाधिवेशन प्रतिनिधिमा पराजय व्यहोरेसँगै जिल्ला सभापतिमा पुनः दोहोरिने बोहराको आकांक्षामा धक्का लागेको छ । विधानअनुसार अब […]

डडेल्धुरा विवादमा रुमलियो काँग्रेस : पौडेलमाथि राजनीतिक ‘बेइमानी’को आरोप

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सम्पन्न वडा अधिवेशन यतिबेला केन्द्रीय विवादको विषय बनेको छ । जिल्ला सभापति कर्ण मल्ल समूहद्वारा बहिस्कार गरिएको वडा अधिवेशनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ ।डडेल्धुरामा क्रियाशील सदस्यताका विषयमा उत्पन्न विवादको बिउ अन्य जिल्लामा पनि रोपिने खतरा देखिन्छ । ०७७ फागुनमा गठित रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले अधिकांश जिल्लाको विवाद टुङ्ग्याएको थियो । समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता