जनकपुरधाम : प्रदेश २ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सञ्चालन गरेको विभिन्न कार्यक्रमका लागि गत आर्थिक वर्ष एक अर्ब २५ करोड ५५ लाख १६ हजार रुपैयाँ लगानी भएको छ।तीन तहका सरकारको सहभागितामा कृषिको आधुनिकीकरण, विशिष्टीकरण तथा औद्योगिकीकरण गरेर मुलुकलाई कृषिमार्फत आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले परियोजनाले जोन, सुपर, ब्लक तथा पकेटको कार्यक्रम सञ्चालन गरेको छ। परियोजनाको कृषि सुपर जोन तथा जोन कार्यक्रम संघीय सरकारले स्थापना गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको समन्वय इक