बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धरै दिनभयो । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उनी रातभर निदाउन सक्दैनन् । पानी पर्ने वित्तिकै विटालु दम्पती घर छोडेर बेलवासस्थित आफन्तकोमा बास बस्न जान्छन् । गतवर्ष चार कोठा पहिरोले पुरिएको उनको घरमा अहिले पनि असारको पहिलो हप्ता पहिरोको लेदो पसेको थियो । घरको पछाडिबाट ढुङ्गा माटोसहितको पहिरो भित्र पसेपछि उनीहरुले एउटै कोठामा खाने र बस्ने गर्दै आएका छन् । “आकाश गर्जिन थाल