दुई दशकपछि सदरमुकाम मलङ्गवामा पक्की सडक निर्माण शुरु

सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका क्षेत्रमा झण्डै दुई दशकपछि पक्की सडकको निर्माण शुरु भएको छ । जिल्लाको नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत पर्ने मलङ्गवा–१० स्थित जिल्ला विकास चोकबाट वडा नं ८ राजश्री सिनेमा हलचोकसम्म बजार क्षेत्रको भित्री सडक निर्माण शुरु भएको हो ।करिब एक हजार ७०० मिटर लम्बाइमा दुवैतर्फ डेढ÷डेढ मिटर नाला तथा १३ मिटर आरसिसी ढलान रहने गरी जम्मा १५ मिटर चौडाइको उक्त सडकको निर्माण शुरु भएपछि मलङ्गवावासी खुशी भएका छन् । केन्द्र सरकारअन्तर्गत रहेको शहरी विकास मन्त्

सम्बन्धित सामग्री

गण्डकीमा एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण

गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ।

पक्की सडक बन्ने भएपछि नेपालगञ्जवासी हर्षित

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा पक्की सडक बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् । भारतसँग जोडिएको नेपालगञ्जको वडा नं १५ पिप्रहवा र वडा नं १६ जयसपुरमा हालसम्म पक्की सडक निर्माण भएको छैन । उपमहानगरपालिकाले जमुनाह र जयसपुरगाउँमा पक्की सडक निर्माणको काम सुरु गरेपछि खुसी लागेको स्थानीय कैलाश यादवले बताए । “हाम्रो वडाका भित्री […]

पाँच वर्षमा ४२ किमी पक्की सडक

काठमाडौँ,१८ जेठ ।बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधिमा ४२ किलोमिटर पक्की सडक निर्माण भएको छ । सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएको र अन्य केही सडक निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले वार्षिकरुपमा १६ किमी पक्की सडक निर्माण गर्ने लक्ष्य लिए पनि कोरोना […]

बाँकेको खजुरामा ५ वर्षमा ४२ किमी पक्की सडक निर्माण

जेठ १८, बाँके । बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधिमा ४२ किलोमिटर पक्की सडक निर्माण भएको छ ।  सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएको र अन्य केही सडक निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिए ।  उनका अनुसार गाउँपालिकाले वार्षिकरुपमा १६ किमी पक्की सडक निर्माण गर्ने लक्ष्य लिए पनि कोरोना महामारीका कारण लक्ष्य भेटाउन कठिनाइ भएको छ । ‘स्थानीय सरकारसँग जनताको पहिलो अपेक्षा हिलाम्मे र धुलाम्मे हुने बाटाको स्तरोन्नति थियो । यसलाई बुझेर गाउँपालिकाले हरेक वर्ष १६ किमी सडक निर्माण र स्तरोन्नति गर्ने लक्ष्य निर्धारण ग¥यो’, उनले भने, ‘सडक निर्माणलाई गाउँपालिकाको गौरवकै योजनाका रुपमा अघि बढाएको खजुराले लिएको लक्ष्य भेट्टाउन कोरोना महामारीले अवरोध सिर्जना गरे पनि गाउँपालिकाले पाँच वर्षमा ४२ किलोमिटर सडक पिच गरिसकेको छ भने अझै आठ किमी सडक निर्माण गर्ने योजना चलिरहेका छन् ।’ गाउँपालिकाका ग्रामीण बस्तीभित्रका सडक पनि कालोपत्रे, पीसीसी र ग्राभेल गरिएका छन् । गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको स्तरोन्नति गरिएको छ ।  सबै वडामा सडक र नाली निर्माण भएका छन् । खजुरा बजार क्षेत्रमा सडक डिभिजनले चार लेन सडक निर्माण पनि धमाधम गरिरहेको छ । त्यसमा गाउँपालिकाले समन्वय गर्दै आइरहेको प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ । निर्वाचित जनप्रतिनिधि आइसकेपछि पूर्वाधारका क्षेत्रमा अत्यधिक काम भएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिका सडक विस्तार गर्न, स्तरोन्नति गर्न अन्य पालिकाभन्दा अब्बल रहेको गाउँपालिका योजना अधिकृत दिलबहादुर पौडेलको दाबी छ ।  गाउँपालिकाले बितेको पाँच वर्षमा सडक सँगसँगै पूर्वाधारतर्फ बहुउद्देश्यीय सभागृह, एक हजार ५०० मेट्रिक टन क्षमताको शीतभण्डार, १५ शय्याको अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् । यी योजनाको काम ८० प्रतिशतभन्दा बढी भइसकेको उनले बताए । रासस

पाँच वर्षमा ४२ किमी पक्की सडक

राँझा । बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधिमा ४२ किलोमिटर पक्की सडक निर्माण भएको छ । सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएको र अन्य केही सडक निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले वार्षिकरुपमा १६ किमी पक्की सडक निर्माण गर्ने लक्ष्य लिए पनि कोरोना […]

कृष्णनगर–झुलनिहवामा २८ करोड लागतको कालो पत्रे सडक बन्दै

कपिलवस्तुको कृषनगर नगरपालिकाको सबैभन्दा विकट गाउँ सिसिंहवामा २८ करोड लागतको सडक निर्माण सुरु भएको छ। कृष्णनगरको सिर्सिहवा–वालानगर–झुलनियामा साढे ७ किलो मिटर लम्बाईको पक्की सडक निर्माण सुरु भएको हो।...

पक्की सडकले फेरिएको हेटौँडाको राजदेवी क्षेत्र

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको राजदेवी क्षेत्रमा पाँच वर्षअघिसम्म थोरै ठाउँमा मात्र पक्की सडक निर्माण भएका थिए । राजदेवीको मूल सडक निर्माण भएको झन्डै तीन दशकपछि पालिकामा जनप्रतिनिधि आएपछि यस क्षेत्रमा पक्की सडक निर्माण भएको स्थानीयवासी बताउँछन् ।  आफू जनप्रतिनिधि भएर आएपछि हरेक वर्ष राजदेवी क्षेत्रमा पक्की सडक निर्माणका लागि बजेट छुट्याएर काम गरिएको हेटौँडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत बताउनुहुन्छ । पालिकामा आफूहरू आएपछि विकासको ढोका नै खुलाएको मेयर महतको दाबी छ ।  पक्की सडक निर्...

काठेखोलामा ४ वर्षमा ७ हजार ४६ मिटर पक्की सडक निर्माण

असार २९, बागलुङ । काठेखोला गाउँपालिकामा जनप्रतिनिधिहरु आएपछि चार वर्षमा ७ हजार ४६ मिटर पक्की सडक निर्माण गरिएको छ । गाउँपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि पालिकाबाट वडा कार्यालय जोड्ने पक्की सडकको स्तरोन्नति गर्दै कालोपत्र गर्ने निर्णय अनुसार चार वर्षमा गाउँपालिकाको ८ ओटा वडामा १ हजार ५४६ मिटर सडक ढलान गरिएको र प्रदेश सरकारसँगको समन्वयमा हजार ५०० मिटर सडक कालोपत्र गरिएको गाउँपालिका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिए । उनले आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्तसम्म उक्त सडक निर्माण सम्पन्न भएको जानकारी दिए । गाउँपालिका अध्यक्ष थापाले वडा नम्बर १ मा ३२० मिटर, वडा नम्बर २ मा ७ सय मिटर, वडा नम्बर ३ मा १९१ मिटर, वडा नम्बर ४ मा १२५ मिटर, वडा नम्बर ७ मा ९० मिटर र वडा नम्बर ८ मा १२० मिटर सडक ढलान गरिएको बताए । उनले बर्खायाममा हिलाम्मे भएर यातायात सुचारु हुन नसक्ने र अफट्यारो स्थानमा ढलान गरिएको बताए ।  पहिलो चरणमा गाउँपालिका अन्तर्गतका मुख्य सडक बाह्रै महीना सञ्चालनमा आउने सक्ने गरी स्तरवृद्धि गर्ने र लगतै कालोपत्रको काम अघि बढाउने गाउँपालिका अध्यक्ष थापाले बताए । यस्तै गाउँपालिकाले गौरवको आयोजना अन्तरगत पालिकादेखि वडा कार्यालय जोड्ने सडक कालोपत्र गरेको छ । गाउँपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा जलजलादेखि रेश एक्लेफाँटसम्मको साढे ५०० मिटर सडक कालोपत्र भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । ८ ओटा वडा रहेको गाउँपालिकामा कालोपत्र भएको सडक नै पहिलो सडक खण्ड हो । गाउँपालिकाले निर्वाचनको पाँच वर्षभित्र गाउँपालिका केन्द्रदेखि प्रत्येक वडा कार्यालसम्मको सडकलाई कालोपत्र गर्ने घोषण गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि काठेखोलामा पहिलो पटक सडक पक्की गर्न थालिएको हो । अन्य वडाको कार्यालयसम्म जोड्न सडकको विस्तृत योजना प्रतिवेदन तयार गरेको छ । यस्तै गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा शाखा सडक निर्माण बन्द गर्ने भएको छ । गाउँपालिकाले पुरानै सडकलाई स्तोरन्नति गर्ने र नयाँ सडक निर्माणलाई स्वीकृति नदिने नीति तथा कार्यक्रममाबाट पारित गरेको छ ।  गाउँपालिकाको सवै वडामा सडक सञ्जाल पुगिसकेको र मुख्य सडकहरु गाउँपालिका केन्द्रदेखि वडा कार्यालयसम्मका सडकहरुलाई थप स्तरोन्नति गर्दै आव २०७८/०७९ बाट ग्रावेल, ढलान र कालोपत्र गर्ने कामलाई पहिलो प्राथमिकता दिएर नयाँ ट्रयाक खोल्नलाई निरुत्साहित गर्ने अध्यक्ष थापाले बताए ।

मनहरी गाउँपालिकाको टोल टोलमा पक्की सडक

मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ बिजौनामा एक किलोमिटर लामो पक्की सडक निर्माण गरिएको छ । पहिले कच्ची सडकमा धुलो हिलोले समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दाहरु अहिले घरै अगाडिको सडक पक्की हुँदा खुशी छन् ।  छ मिटर चौडाइ रहेको यो सडक एक किलोमिटर लामो बनाइएको छ । सडक निर्माणका लागि मनहरी गाउँपालिकाको एक करोड रुपैयाँ र वाग्मती प्रदेश सरकारको एक करोड रुपैयाँ गरी दुई करोड लागतमा निर्माण गरिएको हो । सडकका केही भाग निर्माणको काम सकिएको छ भने केही भाग निर्माण भइरहेको छ । असार मस...

पक्की सडक निर्माणका लागि कर्णालीका ४० स्थानीय तह छनोट

सुर्खेत-संघीय सरकारले आइतबार शुभारम्भ गरेको स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माण योजनाअन्तर्गत कर्णाली प्रदेशमा १८ वटा स्थानीयसँंग सम्झौता भएको छ ।स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, कर्णाली प्रदेश सुर्खेत, कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रदेशका विभिन्न १८ स्थानीय तहबीच सम्झौता भएको हो । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले […]