सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सत्ता गठबन्धनबीच सहमति जुट्न सकेको छैन। गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्याएका हुन्।यद्यपि, यो विषय आइतबार टुंगो लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ प्रधानमन्त्रीको दाबी गर्न गठबन्धन जाने दाबी नेताहरूले गरेका छन्। ‘गठबन्धन दलबीच भोलि (आइतबार) प्याकेजमै सहमति हुन्छ’, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘हामीलाई थप समय चाहिँदैन।’ रा