सत्तारुढ गठबन्धनको बैठकले गठबन्धन समन्वय समिति बनाउने निर्णय गरेकाे छ।
२/२ महिनामा नेतृत्व परिवर्तन हुनेगरी बनाइएको समितिमा अहिलेका लागि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेललाई संयाेजक ताेकिएकाे छ।
सरकारमा सहभागी पाँच दलीय गठबन्धनको समन्वय गर्न समिति बनाउने निर्णय भएको सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए।
समितिमा काङ्ग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पाैडेल र नेता कृष्ण सिटौला सदस्य ताेकिएका छन।
माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवाद...