सरकार गठनबारे निर्णय गर्न शनिबार बसेको सत्तारुढ गठबन्धन बैठकमा नेपाली कांग्रेसले प्राप्त जनमतको आधारमा आलोपालो सरकारको नेतृत्व गर्ने प्रस्ताव अघि सारेको छ । यद्यपि, सो प्रस्तावमा ठोस सहमति भने हुन सकेन ।बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनमा प्राप्त जनमतअनुसार गठबन्धनको सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेसले, त्यसपछि नेकपा माओवादी केन्द्र र अन्त्यमा एकीकृत समाजवादी केन्द्रले सरकारको नेतृत्व गर्ने गरी सहमति गर्न प्रस्ताव गरेको हो । ती नेताले रातोपाट