काठमाडौँ । महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा बङ्गलादेशले अग्रता लिएको छ । दशरथ रङ्गशालामा जारी खेलमा नेपालले १३ औँ मिनेटमा गोल खाएको हो । शुष्मा नायरले गोल गर्दै बङ्गलादेशलाई अग्रता दिलाएकी हुन् । नेपालले पहिलो पटक फाइनलमा बङ्गलादेशसँग खेलिरहेको हो । यसअघिका पाँच साफ मध्य चारको फाइनलमा नेपालले भारतसँग खेलेको थियो ।