पत्रकारहरुले वाग्नर प्रमुख यबगेनी प्रिगोजिनको विद्रोहले पुटिनको सत्तालाई चुनौती दिएको हो, पुटिनले कमजोर बनेका हुन् भनेर प्रश्न गर्दा बाइडेनले उत्तरमा भनेका थिए,‘यो भन्न गाह्रो छ, तर पुटिनले स्पष्ट रूपमा इराकमा युद्ध हारिरहेका छन्, उनले घरकै युद्ध हारेका छन् । उनी विश्वमै बहिष्कृत व्यक्ति बनेका छन् ।’