३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा मात्र सिँचाई

नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाईको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ ।सिञ्चित जमिन कम भएकाले पनि खाद्यन्नको उत्पादन गर्न सहज अवस्था नरहेको परिषदका कार्यकारी निर्देशक डा. दिपक भण्डारीले बताए । उनले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाई, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । कार्यकारी निर्देशक […]

सम्बन्धित सामग्री

लम्की नहरमा पानी परीक्षण, थप ६ हजार हेक्टरमा सिँचाई

कैलालीको पूर्वी क्षेत्रमा रहेका रानी, जमरा र कुलरीया गरी तीनवटा परम्परागत कुलालाई आधुनिकरण गर्ने उद्देश्य सहित सन् २०११ मा आयोजना सुरु भएको हो। योसँगै आयोजनाले थप खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्याउने भन्दै लम्की विस्तार नहरको निर्माण गरेको हो।

मार्सीधान उत्पादन वृद्धि र संरक्षणमा न नीति न बजेट

युवा पलायन बढ्नु, खेती योग्य जमिनमा मनपरी घर भवन निर्माण हुनु, सिँचाई सुविधाको अभाव हुनु लगायतका कारणले जुम्ली मार्सी धान उत्पादन घटेको छ ।मुख्यतयाः मार्सीधान उत्पादन वृद्धि गर्न तथा संरक्षणका लागि युवा पलायन रोक्ने, खेतीयोग्य जमिन बिक्रीमा रोक लगाउने, सिँचाई पहुँच वृद्धि गर्ने प्रदेश र स्थानीय तहको ठोस नीति तथा बजेट नभएकै कारण जुम्ला मार्सी […]

चितवनमा धान रोपाई ९२% सकियो

साउन ९, चितवन । चितवनमा साउनको पहिलो सातासम्म ९२ प्रतिशत रोपाई सकिएको छ भने ८ प्रतिशत धान रोपाई गर्न बाँकी रहेको छ ।  कृषि ज्ञान केन्द्र चितवनका अनुसार चितवनका सात स्थानीय तह मध्ये भरतपुर महानगरपालिकामा १० प्रतिशत र माडी नगरपालिकामा ५ प्रतिशत रोपाई गर्न बाँकी रहेको छ ।  पूर्वी चितवनका स्थानिय तहमध्ये राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका, कालीका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सबै रोपाई सकिएको कृषि ज्ञान केन्द्र, चितवनका प्रमुख राजन ढकालले जानकारी दिए ।  उनका अनुसार चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकाको धानयोग्य जमीन झण्डै आधा क्षेत्रफल  ओगटेको छ । ‘भरतपुरकोे अन्य स्थानमा रोपाई सकिएपनि पश्चिम क्षेत्रमा मकै थन्क्याउन र धानको बीउनै ढिला राख्ने गर्छन ढकालले भने, सिँचाईको सुविधापनि त्यतातिर ढिलानै हुन्छ ।’  पूर्वी चितवनका अधिकांश क्षेत्रतिर चैते धान थन्क्याएर लगत्तै बर्खे धान लगाईने भएकोले चाँडो रोपाई शुरु हुने र चाँडैनै सकिने उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले चितवनमा अधिकांश पालिकामा धान रोपाई सकिएको र साउनको दोस्रो सातासम्म चितवनका सबै क्षेत्रमा धान रोपाई सकिने जानकारी दिए ।  ‘सिँचाई, बोरिङ, र नियमित बर्षा भएकोले पनि धान रोपाई समयमै सकिन्छ पौडेलले भने, अहिले मल, बीउको अभाव पनि त्यस्तो देखिएन ।’ पूर्वी चितवनको रत्ननगरपालिकाको केही स्थानहरुमा बाढीले धान बगाएको कारण किसानले छरुवा धान लगाएको पौडेलले  बताए । यो वर्ष मौसम अनुकुल र रोग किराको प्रकोप नदेखिएकाले उत्पादन पनि राम्रो हुने उनको भनाइ छ ।  चितवनको खेतीयोग्य जमिनमध्ये वर्षभरि र मौसमी गरी जम्मा ७२ दशमलव ७ प्रतिशत जमिनमा सहजै सिँचाइ पुगेको ज्ञान केन्द्रले जानकारी दिएको छ । गत वर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा बर्खे र चैते गरी धानखेती भएको थियो । जस अनुसार चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलब २ मेट्रिक टन रहेको छ भने वर्षे धान प्रति हेक्टर उत्पादकत्व ३ दशमलव ५२ रहेको छ ।  मकवानपुर जिल्ला समेत हेर्दै आएको ज्ञानकेन्द्रले त्यहाँका १० ओटा स्थानीय तहमा ९५ प्रतिशत धान रोपाई सकिएको जानकारी दिएको छ ।

कर्णालीमा कुल खेतीयोग्य जमिनको ६१ प्रतिशत क्षेत्रफल आकाशे पानीको भरमा

झन्डै २५ लाख २५ हजार २७५ हेक्टर क्षेत्रफल भएको कर्णालीमा २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य जमिन छ । त्यसमध्ये २ लाख १६ हजार ८८० हेक्टरमा मात्र खेती गर्ने गरिएको छ। कर्णालीको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कलाई हेर्दा खेती गर्ने (उपयोग गर्ने) कुल हेक्टर जमिनमध्ये ३१ दशमलव ५१ प्रतिशत जमिनमा मात्र  सिँचाई सुविधा पुगेको छ भने बाँकी ३१ प्रतिशत खेतीयोग्य जमिन आकाशे पानी (मौसमी खेती) को भरमा छ । भौगोलिक भू–बनोट अधिकांश पहाड क्षेत्रले ओगटेको य

कोरोना कहरकै बीच चितवनमा धान रोपाईं ५०% सकियो

असार १२, चितवन । चितवनमा शनिवारसम्म ५०  प्रतिशत क्षेत्रफलमा रोपाईं सकिएको छ ।  पूर्वी चितवनका सात स्थानीय तहमध्ये राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगरनगरपालिका र माडीमा झण्डै ८० प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । बांँकी भरतपुर महानगरपालिका, कालिका नगरपालिका र ईच्छाकामना गाउंँपालिकाका भने केही क्षेत्रमा मात्र रोपाईं शुरु गरिएको छ ।  चितवनको सम्पूर्ण धानखेती क्षेत्रफलमध्ये ३५ प्रतिशत हिस्सा पूर्वी चितवनका पालिकाले ओगटेको छ । कोरोना कहरका बीच रोपाईं गर्ने जनशक्ति तराई क्षेत्रबाट नआएको र गत सालबाट नै आफ्नै परिवार र पर्मबाट रोपाई गरिएको छ । ‘अघिल्ला सालमा मधेशबाट रोपाईं गर्न खेताला आउंँथे, ज्ञान केन्द्रका प्रमुख राजन ढकालले भने, अहिले किसानहरु आफै सक्रिय भएका छन् ।’ खैरहनी र राप्ती नगरपालिकामा यस वर्ष मेशीनबाट रोपाई गर्ने कृषकको संख्या बढेकोले पनि रोपाई गर्ने क्रम चांँडो भएको ढकालको भनाइ छ । ‘मनसुन र मौसम पनि अनुकुल भयो, उनले भने, पूर्वी चितवनमा चैते धान भित्र्याउने वित्तिकै बर्खे धान शुरु गर्छन् । पछि तोरी लाउन पनि ढिला हुन्छ ।’  पश्चिम चितवनमा नारायणी लिप्ट सिँचाई चालू गर्ने समय नभएकोले र अधिकांश किसानको मकै लगायत अन्य बाली नथन्किइ सकिएकोले पनि असार तेस्रो साताबाट शुरु हुने गर्दछ । तर बोरिङ र घोल क्षेत्र भएका क्षेत्रहरु भएका कतिपय क्षेत्रमा धान रोपाईं शुरु गरिएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले पूर्वी चितवनको धान जोन क्षेत्र राप्ती, खैरहनी, र रत्ननगरका क्षेत्रहरुमा अधिकांश क्षेत्रमा रोपाई सकिएको जानकारी दिए ।  ‘पूर्वी चितवनको कालिका नगरपालिका बाहेक अन्य पालिकामा केही दिनमा रोपाईं सकिन्छ पौडेलले भने, भरतपुर महानगरपालिका क्षेत्रमा भने केहीले छरुवा धान लगाउन शुरु गरेका छन् । ’ ज्ञान केन्द्रले बीउ तयार भइसकेको स्थान र पानी प्रशस्त भएको ठाउंँमा छिटो धान रोप्न आग्रह समेत गरेको छ । खेतीयोग्य जमिनमध्ये वर्षभरि र मौसमी गरी जम्मा ७२ दशमलव ७ प्रतिशत जमिनमा सिँचाइ पुगेको ज्ञान केन्द्रले जानकारी दिएको छ  ।  गत वर्ष २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा बर्खे र चैते गरी धानखेती भएको थियो । जस अनुसार चैते धानको उत्पादकत्व प्रति हेक्टर ४ दशमलव २ मेट्रिक टन रहेको छ भने वर्षे धान प्रति हेक्टर उत्पादकत्व ३ दशमलव ५२ रहेको छ ।

ठेकेदारको बदमासीले सिँचाई बाँध अलपत्र

बाँकेको बैजनाथ ८ टिटिहिरियास्थित झिङ्गौरा खोलामा मूल बाँध निर्माण गरी आसपासको खेतीयोग्य जमिनमा सिँचाई पुर्‍याउने स्थानीयको आशा निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुरा हुन पाएको छैन ।

सिँचाई सुविधा नहुँदा दार्चुलामा खेतीयोग्य जमिन बाँझै

४ मंसिर, दार्चुला । सिँचाइ सुविधा नहुँदा दार्चुलामा खेतीयोग्य जमिन बाँझै राख्न कृषकहरु बाध्य भएका छन् । जिल्लाको कुल खेती योग्य जमिनमध्ये ७७.२६ प्रतिशत जमिनमा मात्रै खेती गर्ने गरिएको छ भने बाँकी जमिन बाँझो रहेको छ । खेती गरिदै आएको २२ हजार ८२५ हेक्टर जमिनमध्ये पाँच हजार ३६० हेक्टर जमिनमा मात्रै सिँचाइ …