झन्डै २५ लाख २५ हजार २७५ हेक्टर क्षेत्रफल भएको कर्णालीमा २ लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य जमिन छ । त्यसमध्ये २ लाख १६ हजार ८८० हेक्टरमा मात्र खेती गर्ने गरिएको छ। कर्णालीको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कलाई हेर्दा खेती गर्ने (उपयोग गर्ने) कुल हेक्टर जमिनमध्ये ३१ दशमलव ५१ प्रतिशत जमिनमा मात्र सिँचाई सुविधा पुगेको छ भने बाँकी ३१ प्रतिशत खेतीयोग्य जमिन आकाशे पानी (मौसमी खेती) को भरमा छ । भौगोलिक भू–बनोट अधिकांश पहाड क्षेत्रले ओगटेको य