माघ २, काठमाडौं। जनकपुरमा रहेको सेन्ट्रल अस्पतालमा ६६ जनालाई रोजगारीको अवसर आएको छ ।
सवारी चालक, सुरक्षा गार्ड, हाउस किपिङ, लेखापाल, सूचना प्रविधि, रिसेप्सनिस्ट लगायत डक्टर र नर्स गरि ६६ जना कर्मचारी मागिएको हो ।
अस्पतालले ८ जना एमडी, ३ जना एमएस, १ जना एमबीबीएस डक्टरको लागि विज्ञापन आह्वान गरेको छ ।
प्रशासन, लेखा, जनसम्पर्क, मार्केटिङ र अन्य पदका लागि समेत अस्पतालले कर्मचारी मागेको छ ।
प्लस टु मात्र योग्यता भएकाले पनि रोजगारीको लागि आवेदन दिन सक्ने छन् ।
सवारी चालक, सुरक्षा गार्ड र हाउसकिपिङको लागि कुनै शैक्षिक योग्यता आवश्यक नपर्ने तर अनुभव भने आवश्यक पर्ने बताइएको छ ।
इच्छुक आवेदकले संस्थाले उपलब्ध गराएको इमेलमा आफ्नो वायोडाटा पठाउनुपर्ने छ । छोटो सूचीमा परेका आवेदकलाई मात्रै अन्तरवार्ताको लागि बोलाइने अस्पतालले बताएको छ ।