पृथ्वी राजमार्गको मलेखु बजारका हरेक पसलमा क्यूआर कोड सेवा सुरु भएको छ । कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिसकाे सहकार्यमा उक्त बजारका हरेक पसलमा क्यूआर कोड प्रदान गरिएको हो
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले आइतवारदेखि क्यूआर भुक्तानी टेलर सेवा शुरू गरेको छ । यसबाट ग्राहकलाई साना साना रकम झिक्न र चेक बुक तथा डेबिट कार्डको प्रयोग कम गर्न सघाउने कम्पनीको विश्वास छ । मोबाइल बैंकिङ सेवा सुचारु भएका ग्राहकले संस्थाका कुनै पनि शाखा वा विस्तारित काउन्टरमा गई क्यूआर स्क्यान गरेर रकम भुक्तानी प्राप्त गर्न सकिने बताइएको छ । यसको भुक्तानी सीमा मोबाइल बैंकिङको भुक्तानी सीमा अनुरूपकै रहने कम्पनीको भनाइ छ । फाइनान्सका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रमोद भट्टराईले क्यूआर भुक्तानी सेवाको प्रयोग गरी सुरक्षित र भरपर्दो विद्युतीय बैंकिङ कारोबार गर्न आग्रह गरे ।
काठमाडौं । वीर अस्पतालमा बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झट अब हटेको छ । अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टम सुरू भएसँगै बीरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यता हटेको अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए । फोन पे र प्रभु बैंकको संयुक्त प्रयासमा वीर अस्पतालमा यस्तो सुविधा उपलब्ध गराइएको उनले बताए । अस्पतालमा दीर्घकालीन […]
काठमाडौं । धार्मिक एवं पर्यटकीय क्षेत्र मनकामना बजार डिजिटल बजारका रुपमा स्थापित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । शुक्रबार एक कार्यक्रकाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं भुक्तानी प्रणाली विभाग प्रमुख गुरुप्रसाद पौडेलले मनकामना बजारलाई डिजिटल बजारका रुपमा उद्घाटन गरे । योसँगै अबदेखि मनकामना मन्दिरसँगै मनकामना क्षेत्रका कुनैपनि पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिने बैंकले […]
काठमाडौँ – मोरू डिजिटल वालेटको स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ। हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एपमार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो। यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। साथै मोरू […]
नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा सञ्चालित नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ ।सेवा सञ्चालसँगै नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिँदै आएका विभिन्न व्यापार व्यवसायीलाई भुक्तानी दिन सक्नेछन् । यसका साथै हालसम्म पनि स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापार व्यवसाीले नमस्ते पे वालेटमार्फत स्मार्ट क्यूआर सेवा […]
कात्तिक २६, काठमाडौं । हिमालयन बैंक र नेपाल क्लियरिङ हाउसबीच यही कात्तिक २३ गते नेपालपे क्यूआर सुविधा सम्बन्धी सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा नेपालपे क्यूआर सञ्चालन गरी ग्राहकहरुलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुबिधाहरू उपलब्ध गराउन बैंक र एनसिएचएलबीच सो सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने पहिलो बैंक हिमालयन बैंक भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुबिधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ कारोबार पुरा गर्न सकिने विश्वास बैंकले लिएको छ ।
ग्राहकहरूले नेपालपे क्यूआर उपलब्ध भई सञ्चालनमा ल्याउने सबै मर्चेन्टहरूबाट सहज र सरलरूपमा खरीद गरिएका वस्तु तथा सेवाहरूको क्यूआरमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीचमार्फत एनसिएचएलले उपलब्ध गराउने अन्य सेवाहरू पनि क्रमिक रूपमा उपलब्ध गराउने बताएको छ ।
नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई सञ्चालनमा आएको उक्त नेपालपे क्यूआर एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । यस प्रणालीमा आवद्ध भए पश्चात ग्राहकहरुले नगदै भुक्तानी गर्नु पर्ने झण्झटबाट मुक्त हुनेछन् ।
हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मानसिंह प्रधानले बैंक तथा क्लियरिङ हाउसका अन्य कार्यकारीहरूको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि सुरु भएको छ । गोपिगञ्ज, टाँडी, धनकुटा र काँकडभिट्टाको विभिन्न रुटमा सञ्चालन हुने अटो रिक्साहरुमा क्यूआर कोडबाट अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ ।यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुवैले लाभ लिन सक्ने बैकले जनाएको छ । अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यूआर […]
काठमाडौं । मुक्तिनाथ विकास बैंकको क्यूआर सेवा अटो रिक्सामा पनि शुरु भएको छ । गोपिगंज, टाँडी, धनकुटा र काकडभिट्टाको विभिन्न रुटमा कुद्ने अटो रिक्साहरुमा क्यूआर कोडबाटबाट अनलाइन भुक्तानी गर्न मिल्ने भएको छ । यस कार्यबाट रिक्सा चालक तथा यात्रु दुबैले लाभ लिन सक्ने बैंकले जनाएको छ ।यस कार्यबाट अटो रिक्सामा चढ्ने यात्रुहरुले भाडा बापतको रकम रिक्सामा भएको क्यू.आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्ने गराउने सम्बन्धमा बैंकका शाखा प्रबन्धकहरुले अटो रि
नेपालमा डिजिटल बैंकिङ सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्देश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गर्दै आएको छ । यसै अनुरुप बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ ।सनराइज बैंकले प्रदान गरेको क्यूआर कोड प्रणालीलाई शुभारम्भ गर्दै मेयर निर्पबहादुर वडले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सजिलो […]