धनकुटा : स्थानीय तह निर्वाचन २०७९ बाट गठित धनकुटा नगरपालिका नगरसभाको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।नगरप्रमुख चिन्तन तामाङले नगरसभाको पहिलो बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् भने उपप्रमुख भीमादेवी खनालले आर्थिक वर्ष ०७९।०८० का लागि ६४ करोड ४० लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दै अनुमानित आयव्यय प्रस्तुत गरेकी छन्। अघिल्लो आर्थिक वर्ष ०७८।०७९ मा ७४ करोड ५६ लाख २५ हजार ८ सय रुपैयाँ बजेट विनियोजन