युक्रेनले नागरिकको उद्धार नसकिँदै मरिपोलको स्टिल उद्योगमा रुसले फेरि आक्रमण गरेको दाबी गरेको छ । स्टिल उद्योगमा फसेका सयौँ नागरिकको उद्धार कार्य बाँकी रहेका बेला रुसले आक्रमण गरेको युक्रेनको आरोप छ ।
युक्रेनी सुरक्षाकर्मीका अनुसार स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कैयाैँ बालबालिका र नागरिक फसेका छन् । त्यहाँ फसेका नागरिकलाई अन्तै लैजाने प्रयास भइरहेको छ ।
उद्योगमा आश्रय लिएर बसेका नागरिकलाई आइतवारदेखि उद्धार थालिएको थियो । केहीको उद्धार भएको बीबीसीले जनाएको छ । स्टिल उद्योगबाट उद्धार गरिएको पहिलो समूह जापोर...