बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा थपियो ३६ एचडीयु बेड

बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले धागो कारखानामा सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा आइसोलेसनमा अक्सिजन पाइपलाइन बिस्तारका साथ ३६ बेडको हाइ डिपेन्डेन्सी युनिट(एचडीयू) सञ्चालनमा आएको छ। साथै अस्पतालमा १६ बेडको आइसीयु सञ्चालनमा आएको छ। अस्पतालकाअनुसार अब धागो कारखानामा अब ५२ बेड सञ्चालनमा रहनेछन्। लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालका…

सम्बन्धित सामग्री

कोरोनाका बिरामी बढेपछि टेकु अस्पतालमा थपियो बेड [तस्बिरहरु]

कोरोनाका बिरामी बढेपछि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा बेड थपिएको छ । पछिल्लो केही दिनयता फेरि कोरोना संक्रमितहरु बढेर बेड अभाव हुँदा बिरामी मर्कामा परेका थिए । आइतबार कोरोनाका बिरामीलाई लक्षित गर्दै थप दस बेड थपेको अस्पताल प्रशासनले जनाएको छ । कोरोनाका बिरामी बढेसँगै अस्पतालको प्रांगणको खुला स्थानमै बिरामीको उपचार हुँदै आएको थियो । अक्सिजन चाहिने बिरामी पनि बेड अभावमा अस्पताल परिसरमा छरिएर बस्न बाध्य थिए । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा शनिबार २ हजार २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने हालसम्म कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ ।

भरतपुर अस्पतालमा थपियो २० बेड आईसीयू

३० वैशाख, चितवन । चितवनको भरतपुर अस्पतालमा थप २० बेड कोभिड आईसीयू थप गरिएको छ । अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दिएको जानकारी अनुसार १० बेड कोभिड आईसीयूलाई बढाएर ३० बेड पुर्‍याइएको हो । कोरोना भाइरस …

प्लाष्टिककै कुर्सीमा संक्रमितको उपचार, टेकुमा टहरामै थपियो बेड [फोटो फिचर]

नेपालमा कोरोना संक्रमणको दर बढ्दै जाँदा आकस्मिक सेवा लिन आउने गम्भीर अवस्थाका कोरोना संक्रमित बढ्न थालेपछि अस्पतालले जस्ताको टहरा मै बेड थप गरी सेवा सञ्चालन गरेको हो। शय्या अभावमा संक्रमितलाई प्लाष्टिकको कुर्सीमा राखेर समेत उपचार सेवा दिइएको छ।

बेलझुन्डी अस्पतालमा बेड थपियो

दाङ । दाङको  बेलझुन्डीमा रहेको कोरोना विशेष अस्पतालमा बेड थपिएको छ । अस्पतालमा यसअघि पाँचवटा आईसीयू र एचडीयू गरी ३५ बेड थिए । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि आईसीयू बेड १०, एचडीयू ५० र साधारण बेड ४० वटा गरी अस्पतालमा बेड संख्या १०० पुर्‍याइएको छ । तर, अक्सिजन पर्याप्त नहुँदा ५५...