एजेन्सी। ‘बीएमजे न्युट्रिसन, प्रिभेन्सन एन्ड हेल्थ’मा प्रकाशित अध्ययनले शाकाहारी भोजन गर्नेलाई कोरोना संक्रमणको मध्यमदेखि गम्भीर लक्षण उत्पन्न हुने खतरा कम रहेको देखाएको छ। जसले कार्बोहाइड्रेट या उच्च प्रोटिनयुक्त भोजन खाएको छ उसमा कोरोनाको गम्भीर लक्षण देखिएको पनि अध्ययनमा बताइएको छ। तीनहजार स्वास्थ्यकर्मीमाथि गरिएको यो अध्ययनले खानपान र कोरोनाको सम्बन्धबारे नबताए पनि शाकाहारीलाई तुलनात्मक रुपमा कम गम्भीर पारेको भने देखिएको छ।