काठमाडाैँ – साउन महिनाको अन्तिम सोमबार आज भक्तजनहरुले कोरोना संक्रमणको जोखिमको वास्ता नगरी पशुपतिनाथ मन्दिर परिसरमा पूजाअर्चना गरिरहेका छन्। कोरोना संक्रमणको जोखिमका कारण मन्दिर बन्द रहे पनि भक्तजनहरु पशुपति परिसरमै श्रद्धाभक्तिपूर्वक पूजा अर्चना गरिरहेका हुन्। पशुपतिनाथ परिसरमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ। पूजा गर्न आउने कतिपयले संक्रमणबाट बच्न मास्क लगाएका भए पनि अधिकांशले जनस्वास्थ्य मापदण्ड […]