मौसम : सामान्यता सफा, तापक्रम बढ्न थालेसँगै चिसो कम

काठमाण्डाै - पश्चिमी निम्न चापीय प्रणाली कमजोर बनेसँगै पश्चिमी क्षेत्रको मौसम सफा हुन थालेको छ। हिजोअस्ति वर्षा र हिमपात भएका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आजदेखि घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार मध्य र पूर्वी क्षेत्रमा भने आजको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । तर, वर्षा भने हुने छैन । पर्सि शनिवारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । यसैबीच, देशभरकै तापक्रम बढ्न थालेको छ । वर्षा र हिमपातले पश्चिमी क्षेत्रमा हिजोअस्ति...

सम्बन्धित सामग्री

देशभर क्रमिक रुपमा तापक्रम घट्दै, चिसो बढ्यो

काठमाडौँ – विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ। मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ। मङ्गलबार काठमाडौँको तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम […]

देशभरकै तापक्रम क्रमिकरूपमा घट्दै, चिसो बढ्यो

विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ । विभागका अनुासर बुधबार काठमाडौंको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ ।मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ । मङ्गलबार काठमाडौंको तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेकोमा बुधबार न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरको न्यूनतम तापक्रम ती

जुम्लाको तापक्रम माइनसमा, देशरभर चिसो बढ्दै

देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको हो । काठमाडौँकै न्यूनतम तापक्रम घटेर ६ डिग्री सेल्सियस पुगेको छ । जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको छ ।हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन। सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा

देशभर चिसो बढ्याे, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री

देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ ।मौसमविदहरूका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ । पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । तर, मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ । एक किलोमिटर भन्दा कम पारदर्शिता हुँदा कुहिरो र

तापक्रम घट्दै, चिसो बढ्दै

काठमाडौं, कात्तिक १ । मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन […]

न्यूनतमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढ्यो

काठमाडौं – देशका धेरै ठाउँमा अधिकतमसँगै न्यूनतम तापक्रम घट्दा चिसो ह्वात्तै बढेको छ। केहीदिन यता पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम पूर्ण रुपमा खुल्न सकेको छैन। मौसम नखुलेपछि अधिकतमसँगै न्यूनतम तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशखाका अनुसार देशका केही ठाउँको तापक्रम ६ डिग्रीसम्म घटेको छ। न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम घट्दा चिसो बढेको हो। महाशाखाका अनुसार […]

काठमाडौँको तापक्रम घट्यो, देशभर चिसो बढ्यो

काठमाडौँ – काठमाडौँ उपत्यका लगायत देशभर चिसो बढेको छ । आज बिहान ६ बजे काठमाडौँको तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो । मौसम सामान्यतया सफा देखिए पनि तापक्रम घटेका कारण बिहान र बेलूकी चिसो बढेको छ । हिमाली जिल्लामा पनि हिमपातका कारण जनजीवन प्रभावित छ […]

आजको मौसम : देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस चार

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। उपत्यकाको न्युनतम तापक्रम बिहान पौने ६ बजे ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो हिजोको भन्दा कम तापक्रम भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। हिजो उपत्यकाको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो। अन्य स्थानको मौसम पनि घट्दै गएको महाशाखाले जनाएको छ। जुम्लाको तापक्रम माइनस ४ दशमलव ३ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ। यस्तै जिरी

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस-२

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज बिहान ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ।  यो यस वर्षको अहिलेसम्मकै सवैभन्दा कम तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको हिजोको न्युनतम तापक्रम ९ र अस्ति ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो। आज पनि दिनभर मौसम सफा हुने संभावना रहेकोले चिसो थप बढ्न सक्ने महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए।  पछिल्लो मापन अनुसार जुम्लाको ता

देशभर चिसो बढ्यो : जुम्लाको तापक्रम दुई डिग्री

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताउनुभयो । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ । केह