पोर्न फिल्मको कालोबजारीमा लिप्त रहेको आरोपमा पक्राउ परेका शिल्पा सेट्टीका पति राज कुन्द्राको समस्या कम हुने देखिएको छैन । भर्खरै मात्र जमानतका लागि राजले दिएको निवेदन खारेज भएको छ र उनी अब २७ जुलाईसम्म हिरासतमा रहनेछन् । अहिले राज र शिल्पासँग जोडिएको नयाँ विषयमा खुलासा भएको छ । मिडिया रिपोर्टका अनुसार पुलिसले घरमा छापा मार्ने क्रममा शिल्पा र पति राज कुन्द्रा एकसाथ थिए । यस दौरान मुख्य अभियुक्त राजसँगै शिल्पासँग पनि पुलिसले बयान लिएका थियो । त्यस क्रममा राज र शिल्पाबीच झगडा पनि भएको थि