शिल्पा-राज फेरि अर्को लफडामा

बलिउड अभिनेत्री शिल्पा सेट्टी र उनका पति राज कुन्द्रा थप समस्यामा पर्ने देखिएको छ ।  उनीहरूविरुद्ध थप तीन वटा ठगीको उजुरी परेको छ । यसअघि उनीहरूविरुद्ध मुम्बईको बान्द्रा पुलिस स्टेशनमा ठगीको मुद्दा दर्ता भइसकेको छ ।  मिडिया रिपोर्टका अनुसार नितिन बराईले ठगी मुद्दा दर्ता गराएका हुन् ।  बान्द्रा पुलिसले उनीहरूविरुद्ध अनुसन्धान शुरू गरिसकेको छ ।