कांग्रेस, एमालेसँग जनता रुष्ट छन्, हेटौंडामा म जित्छु : दीपक सिंह

२० वैशाख, हेटौंडा । राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार बनेका दीपकबहादुर सिंहले जनता नेपाली कांग्रेस, नेकपा एमालेलगायतका राजनीतिक दलसँग रुष्ट भएकाले आफूले चुनाव जित्ने दावी गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै सिंहले हेटौंडा उपमहानगरको मेयरमा एमालेले पटक पटक जितेपनि विकास गर्न नसकेको र कांग्रेसलाई पनि भरोसा नगर्ने हुँदा आफूले चुनाव जित्ने दावी गरे । […]

सम्बन्धित सामग्री

हेटौंडामा हलो तेस्रो स्थानमा, अरु कसको कति

हेटौंडा उपमहानगरपालिकामा राप्रपाका उम्मेदवार दीपक सिंह तेस्रो स्थानमा पुगेका छन् ।  उनले जारी मतगणनाको सुरुमा प्रभावशाली उपस्थिति देखाएकोमा पछिल्लो मतपरिणाममा भने पछि परेका हुन् ।हेटौंडाको ५८,६५८ मत गणना सकिँदा दिपक बहादुर सिंहले १६,३११ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेकपा एसकी मेयर उम्मेदवार मिना लामाले १८,२७१ मत पाउँदै अग्रता बनाएकी हुन् । यस्तै एमालेको उम्मेदवार अनन्त पौडेलले  १७,०२६ मत पाएका छन् । योसँगै एमाले तोस्रोबाट दोस्रो स्थानमा उक्लिएको छ ।

हेटौंडामा पनि पछि पर्यो हलो, अघि बढिन् मीना

हेटौंडा उपमहानगरपालिकामा राप्रपाका उम्मेदवार दीपक सिंह पछि परेका छन् । उनले जारी मतगणनामा प्रभावशाली उपस्थिति देखाएकामा पछिल्लो मतपरिणाममा भने पछि परेका हुन् । बिहीबार दिउँसोसम्म हेटौंडाको ५५,३८७ मत गणना सकिँदा दिपक बहादुर सिंहले १५,५१४ मत पाएका छन् । यस्तै गठबन्धनबाट नेकपा एसकी मेयर उम्मेदवार मिना लामाले १७,३४३ मत पाउँदै अग्रता बनाएकी हुन् । यस्तै एमालेको उम्मेदवार अनन्त पौडेलले  १६,१६३ मत पाएका छन् । एमाले तोस्रोबाट दोस्रो स्थानमा उक्लिएको छ ।

हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

हेटौंडा- राप्रपाले हेटौंडा उपमहानगरपालिकामा अग्रता बनाएको छ । हेटौंडामा ८८३६ मत गणना हुँदा प्रमुखमा राप्रपाका दीपक सिंह २ हजार ६६६ मतसहित अगाडि छन् । उनलाई गठबन्धनका उम्मेदवारले पछ्याइरहेका छन् । गठबन्धनबाट मिना लामाले २ हजार ६३५ मत पाउँदा एमाले उम्मेदवार अनन्त पौडेलले २ हजार ४१८ मत पाएका छन् ।

हेटौंडामा एसकी लामा अगाडि, एमालेलाई उछिन्दै राप्रपाका सिंह दोस्रो स्थानमा

काठमाडौं, १ जेठ । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीकी मीना लामाले मेयरमा अग्रता कायम राखेकी छिन् । उनले २२ सय ४२ मत प्राप्त गरी पहिलो स्थान बनाइ नै राखेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंह २१ सय ३७ मतका साथ दोस्रो स्थानमा छन् । उनले एमालेका मेयरका उम्मेदवार अनन्त पौडेललाई उछिनेका […]