काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र हितविपरीतको कुनै सम्झौता गर्दिनँ भन्ने आश्वासन दिएको बताएका छन्।समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले बालुवाटार छलफलमा प्रधानमन्त्रीले राष्ट्र हितविपरीत कुनै हस्ताक्षर नगर्ने स्पष्ट पारेको बताएका हुन्।'गृहमन्त्रीले संसदमा यो विषयमा कुरा राखिसक्नु भएको छ। गठबन्धन देशभक्ति र लोकतन्त्रको सवालमा सहमति भएर अघि बढेका छौँ', उनले भने