पाँचथर : नयाँ वर्षको अवसरमा फालेलुङ गाउँपालिका–४ तीन सिमानामा चौंरी महोत्सव हुने भएको छ। चार वर्षयता आयोजना भइरहेको महोत्सव यस वर्ष पनि नेपाल–भारत सीमावर्ती क्षेत्र तीनसिमानामा आयोजना गर्न लागिएको हो।फालेलुङ गाउँपालिकाको आर्थिक सहयोगमा यहाँका दीपज्योति युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था र कञ्चनजंघाका चौंरीपालन तथा संरक्षण संस्थाले महोत्सवको आयोजना गरेका हुन्। महोसत्व २०७८ वैशाख १ गते सञ्चालन हुनेछ। महोत्सवमा चौंरीका विभिन्न प्रजाति तथा चौंरीसँग सम्बन्धित सामग्